back
NMB ad

युवालाई उद्यमी बन्न स्टार्टअप आइडिया कल कार्यक्रमले अवसर दिने

Kumari bank ad

काठमाडौं ।
मङ्सीर २४ गतेबाट सुरु भएको स्टार्टअप आइडिया कल कार्यक्रममा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेलले आग्रह गर्नु भएको छ । भक्तपुरमा रहेको समृद्धी कलेजको सह आयोजनामा बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा बातावरण मन्त्रालय, राष्ट्रिय बाणिज्य बैंक र विशाल फाउण्डेशनले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपाध्यक्ष कँडेलले सरकारले बैंक, बिक्तिय संस्था र निजि क्षेत्रको नेतृत्वमा युवाहरुलाई उद्यमी बनाउने निति लिएको उल्लेख गदैं अवशरको सहि सदुयोग गर्न आग्रहगर्नु भयो ।

 

 

योजना आयोगले समृद्ध नेपाल निमार्णका लागि युवा उद्यमशीलतालाई पहिलो प्राथमिकतामा राखेको उल्लेख गदै युवाहरुलाई चुनौतीसंग नडराउन आग्रह गर्नु भयो । सोहि कार्यक्रमा उद्योग, पर्यटन, वन तथा बातावरण मन्त्रालयका सचिव डा. सिन्धुप्रसाद ढुङ्गाना, राष्ट्रिय बाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र विशाल फाउण्डेशनका अध्यक्ष नरेश प्रसाद श्रेष्ठले स्टार्ट अप आइडियाहरुलाई संरक्षण र प्रोत्साहनकै लागि पुर्ण प्याकेजको रुपमा यो आइडिया कलकार्यक्रम अघि बढेकाले यसमा आइडिया पठाउन र उद्यमी बन्न आग्रह गर्नु भयो ।

 

काठमाडौं, भक्तपुर र ललीतपुर जिल्लामा स्टार्टअप कम्पनी सञ्चालन गरिरहेका, उद्यम सञ्चालनगर्न खोजीरहेका र बिभिन्न कलेजका ब्यवस्थापन र आइटी पढ्दै गरेका करिव १५० जना युवाहरुलाई वल्र्ड लिंकका अध्यक्षएवं युवा उद्यमी दिलिप अग्रवाल, ई कमर्स संस्तो डिलका संस्थापक अमुन थापा, महिला उद्यमी महासंघका उपाध्यक्ष दर्शना श्रेष्ठ, बरिष्ठ महिला उद्यमी स्यामबदन श्रेष्ठ, कृषि विकास बैंकका अध्यक्ष लक्ष्मी प्रपन्न निरौला, समृद्धी कलेजका प्रिन्सीपल सन्दीप श्रेष्ठ लगायतले बिभिन्न सेसनमा युवाहरुलाई हौसला प्रदान गर्नु भएको थियो ।

 

हालसम्म ४ सय जना युवाहरुले स्टार्टअप आइडिया कल  (www.startupideacall.org)मा प्रस्ताव पठाएको जानकारी गराउदैं स्टार्टअप आइडिया कल कार्यक्रमका संयोजक विशाल गैरेले माघ मसान्त सम्म आइडिया पठाउने युवाहरुलाई निशुल्क तालीम र सहुलियतपुर्ण कर्जाका लागि आयोजकहरुले सहजीकरण गर्ने बताउनु भयो । युवाउद्यमी प्रवद्र्धन कार्यक्रम अन्तगर्त बागमती प्रदेश भित्रउद्यम सञ्चालनगर्न चाहने देशभर कायुवाहरु लक्षित गरेर आइडिया कल कार्यक्रम सञ्चालन गरिएको आयोजकको भनाई रहेको छ ।

वि.सं.२०७७ माघ ३० शुक्रवार १३:४८ मा प्रकाशित

You can share this post!

४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’   

४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:५७

म्याग्दी, ८ जेठ : नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा...

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री   

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:०७

काठमाडौँ, ८ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र...

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान   

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:०१

मकवानपुर, ८ जेठ : बागमती मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश...

राष्ट्रियसभाको बैठक स्थगन   

राष्ट्रियसभाको बैठक स्थगन   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:४४

काठमाडौँँ, ८ जेठः राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक सूचना टाँसेर...

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:३२

काठमाडौँ, ८ जेठः फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...