back
NMB ad

सेयर बजारलाई बैंकिङ समूहको साथ, नेप्से २६ सय बिन्दु कट्यो

Kumari bank ad

काठमाडौं । सेयर बजारले लगानीकर्ताको २६ सयको मनोवैज्ञानिक घेरा पार गरेको छ । नेप्से मापन गर्ने सूचक १५.५० अंकले बढेर परिसूचक २६०१.५१ बिन्दुमा रोकिएको छ । २०८ कम्पनीको १ करोड ७७ लाख ३२ हजार ७६५ कित्ता सेयर १० अर्ब ३ करोड ५४ लाख ५४ हजार ९५५ रुपैयाँको सेयर किनबेच भएको छ ।

 

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४.०९ अंकले बढेर ४७३.५३ बिन्दुमा रोकिएको छ । कारोबारको सुरुमा बजारमा उछाल आएपनि पुन करेक्सन भएर फेरी उछाल कायमै गरेको थियो । इन्ट्रा डे कारोबारमा २६३० बिन्दु पार गरेपनि पुन बजारमा करेक्सन देखिँयो । बैंकिङ समूहले बजारको बढोत्तरीमा साथ दिएपनि जीवन बीमा, माइक्रोफाइनान्स, उत्पादन तथा प्रशोधन, निर्जीबन बीमा, जलविद्युत समूहको उपसूचकमा निकै गिरावट आएको छ ।

 

कारोबार रकमको आधारमा नबिल बैंक अग्रस्थानमा रहेको छ । बैंकको ५२ करोड ९९ लाख ९६ हजार १२० रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा ग्लोबल आईएमइ बैंक र नेपाल बंगलादेश बैंक रहेको छ । कारोबारमा चन्द्रागिरी हिल्स, नेपाल इन्फ्रास्टक्चर बैंक, मिर्मिरे माइक्रोफाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, हिमालयन उर्जा विकास कम्पनीको कारोबारमा सकारात्मक सर्किट नै लागेको छ ।

वि.सं.२०७७ फागुन ४ मंगलवार १५:०९ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...