back
NMB ad

सामाजिक सुरक्षा र अन्य कोषलाई सेयर बजारमा भित्र्याइँदै, पूँजीगत लाभकरको विवाद मिलेसँगै लगानीकर्ताको मनोबल बढ्योः अध्यक्ष ढुंगाना

Kumari bank ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डले लगानीकर्ताका संघ संगठनहरुसँग धितोपत्र बजारको समसामयिक अवस्था र बजार विकास तथा विस्ताका लागि बोर्डले गरेका कामका विषयमा छलफल गरेको छ ।

 

छलफलमा बोर्ड अध्यक्ष भिष्मराज ढुंगानाले पछिल्लो समय धितोपत्र बजारमा भएको प्रविधिको विकाससँगै प्राथमिक र दोस्रो बजारमा लगानीकर्ताको पहुँच विस्तार भई बजार गतिशिल भएको बताउनु भयो । कोरोना महामारीको प्रभावको बीचमा समेत आर्थिक क्रियाकलाप चलायमान बनाउन धितोपत्र बजारले महत्वपूर्ण भूमिका खेलेको उहाँको तर्क छ ।

उहाँले दोस्रो बजार कारोवार सहज भएको तथा विगत लामो समयदेखि अन्यौल रहेको पूँजीगत लाभकरको विषय स्पष्ट भएसँगै लगानीकर्ताको मनोबल बढेको बताउनु भयो । बजारको स्थायित्वका लागि संस्थागत लगानीकर्ताको बलियो उपस्थिति हुनुपर्ने र यसका लागि बोर्डले उपयुक्त कानूनी व्यवस्था गरेपछि संस्थागत लगानीकर्ताको प्रबेश भइरहेको विचार व्यक्त गर्नुभयो । उहाँले सामाजिक सुरक्षा कोष तथा अन्य कोषलाई धितोपत्र बजारमा प्रवेश गर्न आवश्यक सहजीकरण भइरहेको, गैर आवासीय नेपालीको धितोपत्र बजार प्रबेशसम्बन्धमा बोर्डले बाह्य विज्ञमार्फत् अध्ययन गराइरहेको र निकट भविष्यमा नै त्यस सम्बन्धी प्रतिवेदन पेश हुने बताउनुभयो ।

 

त्यस्तै, उहाँले सूचिकृत संगठित संस्थाको विवरण प्रवाह थप पारदर्शी बनाउने, लगानीकर्ताको पहुँच विस्तार गर्ने, अन्य नियामक निकायसँग समन्वय गर्ने, लगानीकर्ता संरक्षण कोषको प्रभावकारी संचालन गर्न अर्थ मन्त्रालय र कम्पनी रजिष्ट्रारको कार्यालयसँग समेत समन्वय गरी आवश्यक कार्य अगाडि बढाउने लगायतका कार्य भइरहेको बताउनुभयो ।

छलफलमा लगानीकर्ता संघ संगठनका प्रमुखहरुले साना लगानीकर्ताको हित हुने गरी नीति तर्जुमा गर्न बोर्डलाई सुझाव दिदै अनलाइन प्रणालीको सुधार गर्न सुझाव दिनु भयो । सर्वसाधारणको लगानी आकर्षण गर्न आवश्यक पूर्वाधारको व्यवस्था, ब्रोकरको पहुँच विस्तार तथा लगानीकर्ता साक्षरता लगायतका विषयमा बोर्डले थप प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

 

छलफलमा उद्योग वाणिज्य महासंघ पूँजी बजार फोरमका सभापति अम्बिका प्रसाद पौडेल, नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार, नेपाल पुँजीबजार लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल, नेपाल पूँजी बजार संघका अध्यक्ष राधा पोखरेल, लगानीकर्ता दवाव समूहका संयोजक हरि ढकालको उपस्थिति रहेको थियो ।

 

वि.सं.२०७७ फागुन ६ बिहीवार ११:०४ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...