काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्नो कर्जा प्रवाह रणनितीलाई थप आक्रामक बनाएको छ । यसै क्रममा बैंकले न्यूनतम बार्षिक ८.७५प्रतिशत ब्याजदरमा ‘गरिमा सजिलो अटो लोन’ सार्वजानिक गरेको छ ।
यो सुविधा अन्तर्गत बैंकले खरिद मुल्यको ८० प्रतिशतसम्म अधिकतम १० बर्षका लागि कर्जा प्रवाह गर्न सकिने जनाएको छ । आफ्नो सवारी चढ्ने सपना पुरा गर्न ‘गरिमा सजिलो अटो लोन’एकदमै प्रभावकारी सावित हुने बैंकले जनाएको छ ।
हाल बैंकले ३५ जिल्लामा १०६ शाखा कार्यालयहरु र ५१ एटीएमबाट आफ्ना ग्राहकहरुलाई सरल, सुरक्षितएवमं गुणस्तरिय बैकिङ्ग सुविधा दिदै आईरहेको छ ।
वि.सं.२०७७ फागुन ७ शुक्रवार १०:०९ मा प्रकाशित