back
NMB ad

प्रधानमन्त्री ओलीलाई खानेपानी मन्त्री थापाको आश्वासन्, उपत्यकामा मेलम्ची पानी छिट्टै आउँछ

Kumari bank ad

काठमाडौं । काठमाडौं उपत्यकावासीले मेलम्चीको पानी छिटै पाउने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष खानेपानी मन्त्री मणिचन्द्र थापासहित मन्त्रालयका उच्चपदाधिकारीहरुद्वारा प्रस्तुत मेलम्ची खानेपानी आयोजनासम्बन्धी अद्यावधिक प्रगति विवरणमा यो कुरा उल्लेख छ ।

 

सुरुङमार्गमा उत्पन्न समस्या निराकरण गर्दै तयारी हालतमा राख्ने र काठमाडौं उपत्यकाको वितरण प्रणालीलाई समेत मेलम्चीको पानीका लागि दुरुस्त बनाउने काम भइरहेको छ । यस कार्यले पूर्णता पाउनासाथ काठमाडौं उपत्यकामा मेलम्ची पानीको प्रारम्भिक वितरण सुरु हुनेछ ।

 

पानी सुरुमा नयाँ र पुराना दुवै लाइनबाट वितरण गरिने छ । यसका लागि नयाँ तथा पुराना ट्यांकीहरुबाट पुरानो र नयाँ दुवै प्रणालीमा पानी प्रवाह गर्न सकिने गरी तयारी गरिएको छ ।

 

मेलम्चीको पानी पाइपहरुबाट पठाउँदा हुनसक्ने चुहावट र कुनै स्थानमा बढी मात्रामा पानी निस्कँदा हुने समस्या तत्कालै समाधान गर्नका लागि समेत काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले तयारी गरिरहेको जानकारी गराइएको छ । यसैगरी काठमाडौंको ढल निकासलाई दीर्घकालीन ढंगले हल गर्न केयु केएलले सन् २०५० लक्षित गरी गुरु योजना तयार पारेको छ ।

वि.सं.२०७७ फागुन ७ शुक्रवार १०:४१ मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो तीन कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो तीन कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:१८

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:०६

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने   

तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:५१

काठमाडौँ, २३ वैशाख : गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो...

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:३४

काठमाडौं । काभ्रेको पनौतीमा स्थापना भएको करोडौं मूल्य बराबरको सुरक्षण...

कोरला नाकामा विद्युत् विस्तार   

कोरला नाकामा विद्युत् विस्तार   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:१५

म्याग्दी, २३ वैशाख : मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना...