back
NMB ad

सूर्या लाइफ इन्स्योरेन्सले ल्यायो ‘सूर्या चौरासी पूजा’ जीवन बीमा योजना

Kumari bank ad

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले ‘दीर्घ जीवन, समृद्ध भविष्य’ बीमा योजना ल्याएको छ । इन्स्योरेन्सले ‘सूर्या चौरासी पूजा’ नामक जीवन बीमा योजना ल्याएको हो ।

 

बीमितको उमेर चौरासी वर्ष पुग्दासम्म रक्षावरण प्रदान गर्ने ‘सूर्या चौरासी पूजा’ बीमा योजनाले बीमाङ्कको २५० प्रतिशतसम्म बीमा कभर प्रदान गर्दछ । यस योजना अन्तर्गत बीमितले बीमाशुल्क भुक्तानी अवधि पश्चात एकमुष्ठ आर्जित वोनस प्राप्त गर्न सक्नेछन् । त्यसपछि निजको उमेर ८३ वर्ष नपुग्दासम्म बीमाङ्कको ६ प्रतिशतका दरले र्वािर्षक पेन्सन समेत प्राप्त हुनेछ ।

 

बीमितको उमेर ८३ पुरा भई ८४ मा प्रवेश गर्दा बीमितलाई बीमाङ्कको १५० प्रतिशत रकम बीमा वापतको अन्तिम भुक्तानी प्राप्त हुनेछ र त्यो रकमबाट बीमितले निजको चौरासी पूजा उत्सवका रुपमा धुमधामका साथ मनाउन सक्नेछन् ।

‘सूर्या चौरासी पूजा’ बीमा योजना १६ वर्ष देखी ६० वर्षसम्म उमेरका व्यक्तिहरुले १० देखी ५० वर्षसम्मको बीमाशुल्क भुक्तानी अवधिका लागि खरीद गर्न सक्नेछन् । न्यूनतम १ लाख रुपैयाँ बीमाङ्क तोकिएको यो बीमा योजना एकल भुक्तानी तरिकामा समेत उपलब्ध रहेको छ । बीमा प्रारम्भको दुई वर्षपछि बीमा अवधिभर बीमा समर्पण र बीमालेख धितोमा कर्जा सुविधाको समेत व्यवस्था रहेको छ ।

 

शताब्दी पुरुष सत्यमोहन जोशीका साथै कम्पनीका संस्थापक शेयरधनी विवेक झा र कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराईले संयुक्त रुपमा ‘सूर्या चौरासी पूजा’ बीमा योजनाको सार्वजनिक गरेको हो । कम्पनीले सोही कार्यक्रममार्फत शताब्दी पुरुष सत्यमोहन जोशीलाई सम्मान गर्नुका साथै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निःसहाय सेवा सदन, शान्तिनगरलाई सहयोग प्रदान गरेको छ ।

 

वि.सं.२०७७ फागुन ७ शुक्रवार १५:३१ मा प्रकाशित

You can share this post!

क्रुज जहाज मार्फत चीन प्रवेश गर्ने पर्यटकलाई भिसा–मुक्त प्रवेश अनुमति   

क्रुज जहाज मार्फत चीन प्रवेश गर्ने पर्यटकलाई भिसा–मुक्त प्रवेश अनुमति   

वि.सं.२०८१ जेठ २ बुधवार १२:५५

बेइजिङ, २ जेठ : चीनले बुधबार समुद्री तटमा रहेका सबै...

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर   

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर   

वि.सं.२०८१ जेठ २ बुधवार ११:२४

वीरगञ्ज (पर्सा), २ जेठः मधेस प्रदेशका ९० दशमलव ६ प्रतिशत...

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री   

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ २ बुधवार ११:१५

काठमाडौँ, २ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी प्रक्रियालाई सरलीकृत...

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ २ बुधवार १०:४२

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउ बढेको छ...

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड, कट आफ प्राइस कति ?

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड, कट आफ प्राइस कति ?

वि.सं.२०८१ जेठ २ बुधवार १०:३५

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल   

संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल   

वि.सं.२०८१ जेठ २ बुधवार १०:२६

काठमाडौँ, २ जेठः सङ्घीय संसद्का दुवै सदनमा उत्पन्न गतिरोध अन्त्य...