काठमाडौं । इन्टरनेट कनेक्टिभिटी र कम्युनिकेसन सोलुशन प्र्रदायक कम्पनी भायानेटले ‘भयङ्कर अफर’ ल्याएको छ ।
भयङ्कर अफरअन्तर्गत ग्राहकहरुले भायानेट इन्टरनेट प्याकेजको वार्षिक ग्राहक बन्दा प्रति महिना ८ सयमा २० एमबिपिएस इन्टरनेट पाउन सक्छन्।
साथै १७५ भन्दा बढी च्यानल भएको भायाटिभी कम्बो प्लान पाउन सक्छन् । कम्पनीका अनुसार अब ग्राहकहरुले प्रति महिना ८ सय रुपैयाँमा निरन्तर मनोरञ्जन लिन सक्छन्।
वि.सं.२०७७ फागुन १० सोमवार ११:०५ मा प्रकाशित