back
NMB ad

अनलाइन सेवा लिने लगानीकर्ताको संख्या ४ लाख नजिक, कुन ब्रोकरबाट कति ?

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार अनलाइनको यूजरनेम र पासवर्ड लिने सेयर लगानीकर्ताको संख्या ३ लाख ७६ हजार २६१ जना पुगेका छन् ।

 

३ लाख ७६ हजार २६१ जनाले अनलाइनको यूजरनेम र पासवर्ड लिएपनि अनलाइन लिएर सकृय रहने लगानीकर्ताको संख्या १ लाख ९५ हजार ९८९ जना रहेका छन् । नेप्सेका अनुसार आइतबारसम्म ५ लाख ५० हजार ४०९ जना सकृय लगानीकर्ता रहेका छन् । सकृय लगानीकर्तामा अनलाइन अफलाइन दुवै समावेश गरिएको छ ।

 

नेप्सेका अनुसार सबैभन्दा बढी नाशा सेक्युरिटिजबाट ३६ हजार ३२७ जनाले अनलाइन सेवा लिएका छन् । त्यस्तै सानी सेक्युरिटिजबाट २६ हजार १ जना, दिपशिखा धितोपत्र कारोबार कम्पनीबाट १६ हजार ४२२ जना, मिदास स्टक ब्रोकिङ कम्पनीबाट १६ हजार ६७ जना, भिजन सेक्युरिटिजबाट १५ हजार ९५५ जनाले अनलाइन सेवा लिएका छन् ।  सबैभन्दा थोरै अनलाइन सेवा सगरमाथा सेक्युरिटिजबाट ५९३ जनाले सेवा लिएको नेप्सेको भनाइ छ ।

 

विश्वब्यापी रुपमा सुरु भएको कोरोनाको महामारीपछि सेयर कारोबार अनलाइनबाट सुरु भएको छ । जसका कारण पनि अनलाइनको यूजर नेम र पासवर्ड लिनेको संख्या क्रमिक रुपमा बढेको छ । अनलाइनको यूजर नेम र पासवर्ड लिएपछि आफुलाई पायक परेको जुनसुकै स्थानबाट पनि सेयर कारोबार गर्न सकिन्छ । त्यसले गर्दा पनि अनलाइन सेवा लिनेको संख्या बढेको छ ।

वि.सं.२०७७ फागुन १० सोमवार ११:३८ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...