back
NMB ad

ताम्राकार कम्प्लेक्समा मोबाइलको गैर कानूनी कारोबार बढ्यो, ५० लाखको मोबाइलसहित ७ जना पक्राउ

Kumari bank ad

काठमाडौं । मोबाइल किनबेच गर्ने स्थल तथा मोबाइल हबको रुपमा परिचित ताम्राकार कम्प्लेक्स यतिबेला कर छलिगरेका मोबाइलको गैर कानूनी किनबेच गर्ने थलोका रुपमा परिणत भएको छ । कर छलि गरेर ल्याएका ५० लाख रुपैयाँ मूल्य बराबरको १७७ थान मोबाइल प्रहरीले नियन्त्रणमा लिएको छ, यसलाई एउटा प्रमाणको रुपमा लिन सकिन्छ ।

प्रहरीले काठमाडौं महानगरपालिका–२२ न्युरोडस्थित ताम्राकार कम्प्लेक्स तथा सोही ठाउँ पाकोस्थित मोबाइल पसलहरुबाट विभिन्न कम्पनीका १७७ थान राजस्व नतिरेको र बिल नभएको मोबाइलसहित ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३ जना मोबाइल पसलका सञ्चालक रहेका छन भने ४ जना विभिन्न पसलमा म्यानेजरको रुपमा काम गर्ने कर्मचारी भएको महानगरीय प्रहरी वृत्तका डिएसपी दिल बहादुर मल्लले बताउनु भयो ।

 

उहाँका अनुसार ७ जनाबाट आईफोन लगायत विभिन्न कम्पनीका स्मार्ट फोनसहित बिल नभएको, राजस्व छलीका मोबाइलहरु नियन्त्रणमा लिइएको छ । उहाँका अनुसार कर छलिगरेर ल्याएका मोबाइल बिक्री गरिरहेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त जनसेवाले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले तलासी गर्दा उक्त मोबाइलहरु फेलापारी पक्राउ गरेको छ । उक्त मोबाइल राजस्व अनुसन्धान विभागमा पठाउने तयारी भइरहेको बताउनु भयो ।

वि.सं.२०७७ फागुन १० सोमवार १२:४१ मा प्रकाशित

You can share this post!

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:४४

काठमाडौँ, १८ वैशाख : नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावर...

क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्कासन गर्ने

क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:३७

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्कासन गर्ने...

बीमकहरूका परिपालन अधिकृतहरूसँग छलफल एवम् अन्र्तक्रिया  कार्यक्रम सम्पन्न

बीमकहरूका परिपालन अधिकृतहरूसँग छलफल एवम् अन्र्तक्रिया कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:३१

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज प्राधिकरणको केन्द्रीय कार्यालय,...

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:२४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मंगलबार एक कम्पनीको मूल्य...

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो   

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:०५

टोकियो, १८ वैशाख : जापानको रोजगार उपलब्धता अनुपात आर्थिक वर्ष...