काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्न फैसला सुनाएको छ ।
संवैधानिक इजलासमा लामो समय भएको सुनुवाइपछि सर्वोच्च अदालतले मंगलबार फैसला सुनाउने क्रममा प्रतिनिधिसभा पुनःस्थापना गर्न आदेश दिएको छ । सर्वोच्चले १३ दिनभित्र संसद बैठक बोलाउन आदेशमा दिएको छ ।
पुस ५ गते बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन भएको थियो । त्यसका विरुद्ध नेकपाका प्रमुख सचेतक देव गुरुङ लगायतबाट विभिन्न १३ वटा रिट निवेदन दायर गरिएको थियो ।
वि.सं.२०७७ फागुन ११ मंगलवार १७:५९ मा प्रकाशित