काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुई वित्तिय कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।
बुधवार नेप्सेमा आशा लघुवित्त वित्तीय संस्था र वोमी लघुवित्त वित्तीय संस्थाको ११ लाख ८१ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
नेप्सेमा आशा लघुवित्तको ३ लाख ४८ हजार ४३२ कित्ता बोनस शेयर र वोमी लघुवित्तको ८ लाख ३३ हजार ५४४ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
ती दुबै कम्पनीको बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।
वि.सं.२०७७ फागुन १२ बुधवार १४:३५ मा प्रकाशित