back
NMB ad

एनआरएन इन्फ्रास्टक्चरको लाभांश पारित, बुक विल्डीङ विधि मार्फत निष्काशन धितोपत्रमा लगानी गर्ने

Kumari bank ad

काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीको आठौं साधारणसभा सम्पन्न भएको छ । माघ २५ गते सम्पन्न साधारणसभाले लगानीकर्तालाई २.८५ प्रतिशत बोनस र ०.१५ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) दिने प्रस्ताव पारित गरेको छ ।

कम्पनीको साधारणसभाले हाल कायम चुक्ता पुँजी १ अर्ब १३ करोड २६ लाख ८२ हजार १ सय रुपैयाँको २.८५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित भएको हो । बोनसपछिको चुक्ता पुँजी १ अर्ब १६ करोड ४९ लाख ६३ हजार ५ सय रुपैयाँ भएको छ । साधारणसभाले ०.१५ प्रतिशत नगद (कर प्रयोजनको लागि) दिने प्रस्ताव पनि पारित गरेको छ ।

कम्पनीले नियामक निकायको स्वीकृति लिएर कारोबार गर्ने गरी प्रबन्ध पत्रको दफा ४ को ‘ट’ पछि दफा ४ को ‘ठ’,‘ड’,‘ढ’ थप गरेको छ । जसमा कम्पनीले विभिन्न प्राइभेट तथा पब्लिक कम्पनीहरुको प्राथमिक निष्काशन सम्बन्धी सेयर खरिद गर्ने, गराउने, बुक विल्डीङ विधि मार्फत निष्काशन धितोपत्र खरिद प्रकृयामा सहभागी भई लगानी गर्ने÷गराउने, विभिन्न ईकमर्स सम्बन्धी व्यवसायहरुमा लगानी गर्ने-गराउने उद्देश्य थप गरिएको छ ।

कम्पनीले अहिले हिमालयन पावर पार्टनरले प्रबद्र्धन गरेको लमजुङ जिल्ला स्थित २७ मेगावाटको दोर्दी खोला जलविद्युत आयोजनामा लगानी गरेको छ ।

साधारणसभाले संस्थापक सेयरधनीहरुको तर्फबाट जीवनाथ लामिछाने, शेष घले, महेश कुमार श्रेष्ठ, कृष्ण प्रसाद पाण्डे, हिक्मत बहादुर थापा र कुल प्रसाद आचार्यलाई निर्वाचन गरेको छ । यस्तै सर्वसाधारण समूहको तर्फबाट डा. भरत कुमार थापा, अम्बिका पौडेल र संगिता केसी निर्वाचित हुनु भएको छ ।

वि.सं.२०७७ फागुन १३ बिहीवार १४:५६ मा प्रकाशित

You can share this post!

छुट्ला है, २६.३१ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

छुट्ला है, २६.३१ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

वि.सं.२०८१ जेठ १३ आइतवार १०:१३

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज जेठ...

सामुदायिक विद्यालयलाई सूचना अधिकारी तोक्न महानगरको निर्देशन   

सामुदायिक विद्यालयलाई सूचना अधिकारी तोक्न महानगरको निर्देशन   

वि.सं.२०८१ जेठ १३ आइतवार ०६:२७

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले यही जेठ १४ गतेभित्र काठमाडौँ उपत्यकामा...

मुलुकको सार्वजनिक ऋण २४ खर्ब, १० महिनामा थपियो ९८ अर्ब

मुलुकको सार्वजनिक ऋण २४ खर्ब, १० महिनामा थपियो ९८ अर्ब

वि.सं.२०८१ जेठ १३ आइतवार ०६:२२

काठमाडौँ: मुलुकले भुक्तान गर्न बाँकी सार्वजनिक ऋण करिब रु २४...

ढल्केबर–इनरुवा प्रसारण लाइन अन्तिम चरणमा   

ढल्केबर–इनरुवा प्रसारण लाइन अन्तिम चरणमा   

वि.सं.२०८१ जेठ १३ आइतवार ०६:१३

काठमाडौँ : ढल्केबर–इनरुवा चार सय किलोभोल्ट प्रसारण लाइन निर्माण अन्तिम...

आज १३ जेठ २०८१ आइतवार, यस्तो छ आजको राशिफल

आज १३ जेठ २०८१ आइतवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ जेठ १३ आइतवार ०६:०७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

वि.सं.२०८१ जेठ १२ शनिवार ०७:१०

काठमाडौँ : रौतहटको श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालन गर्न सहमति...