काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ ओरालो लागेको छ । नेपाली बजारमा आज(शुक्रवार) छापावाला सुनको मूल्य तोलाको ५ सय रुपैयाँले ओरालो लागेको हो ।
अघिल्लो दिन प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज घटेर ८८ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुनको मूल्य प्रतितोला ८८ हजा ३५० रुपैयाँ भएको छ ।
शुक्रवार चाँदीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला १३ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज पनि सोही मूल्यमा कायम गरिएको महासंघले जनाएको छ ।
वि.सं.२०७७ फागुन १४ शुक्रवार ११:०२ मा प्रकाशित