back
NMB ad

घरेलु तथा साना उद्योगीको उत्पादन अब ‘आफन्त’ एप बाटै पाइने

Kumari bank ad

काठमाडौं । लघु, घरेलु तथा साना उद्योग व्यवसाय र पेशा प्रबद्र्धन र उद्यमशीलता विकाश गर्ने ‘आफन्त’ एप सन्चालनमा ल्याएको छ । उक्त एप नेपालीले नेपालीकै लागि बनाएर सञ्चालनमा ल्याएको ‘आफन्त’ को प्रधानमन्त्री कार्यालयका सचिव डा. बैकुण्ठ अर्यालले सार्वजनिक गर्नुभयो ।

प्रधानमन्त्री कार्यालयका सचिव अर्यालले ‘आफन्त’ लाई साना उद्योगी र तिनका उत्पादनदेखि बजारीकरण गर्न सघाउने किसिमले सदुपयोग गर्न आग्रह गर्नुभयो । सरकारका तर्फबाट सहयोग रहने प्रतिवद्ता जनाउँदै भन्नुभयो, ‘एप र सञ्जालहरुको भीडमा यो त्यत्तिकै नहराओस् । उत्पादन, बजार, उद्यमीहरूलाई जोड्न सकोस् । प्रयोगकर्ताहरुलाई सजिलो होस् ।’

वेवसाइट तथा एप दुबै माध्यममा उपलब्ध आफन्त सञ्जाल गाउँघरमा दिदीबहिनीहरुले उत्पादन गरेको अचार, जंगलबाट संकलन गरेको निगुरोमात्रै नभएर साना तथा लघु उद्यमीहरुका उत्पादनलाई कसरी सहज रुपमा बजारीकरण गर्न सकिन्छ भनेर खोजी गर्ने क्रममा यो आइडिया आएको नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष तथा आफन्त नेपाल प्रालिका अध्यक्ष श्यामप्रसाद गिरीले बताउनुभयो ।

कृषि, औद्योगिक लगायत अन्य स्थानीय उत्पादक र थोक तथा खुद्रा व्यापारी र उपभोक्ताबीच वस्तु खरिद बिक्रीबारे जानकारी लिने दिने माध्यमका साथै निर्यातमूलक वस्तु उत्पादनकर्ता र बाह्य खरिदकर्ता र व्यापारीबीच जानकारी आदान प्रदान गर्ने माध्यमको रुपमा आफन्तलाई अगाडि बढाइएको उहाँको भनाई छ ।

सामाजिक सञ्जालमा जस्तै ‘आफन्त’ मा तस्बिर, भिडिओ पोस्ट गर्न तथा लेख, ब्लगहरु पनि पोस्ट गर्न, च्याट गर्न मिल्नेछ । अन्य सामाजिक सञ्जाल भन्दा ‘आफन्त’ मार्फत उद्योगी व्यवसायीले संसारभर छरिएका ग्राहकलाई कुनै पनि उत्पादन बिक्री गर्न सक्ने सञ्चालनकर्ता कम्पनी आफन्त नेपाल प्रालिले जनाएको छ । बिक्रेता र क्रेतालाई जोड्ने पुलका रुपमा काम गर्ने ‘आफन्त’ लाई नेपालीहरूको अनलाइन साझा चौतारी बनाउन खोजिएको यसका सञ्चालक तथा सम्पादक तेजप्रसाद ढकालले बताउनुभयो । आफन्तमा सबै नेपालीहरुलाई जोडेर व्यापार गराउने उद्देश्य रहेको भन्दै उहाँले यसलाई अझै परिष्कृत गर्दै लैजाने बताउनुभयो ।

रोजगारी दिने र कामको खोजीमा रहेकालाई पनि सहयोग पु¥याउने ‘आफन्त’ प्लेटफर्ममा आफ्नो कम्पनीलाई चाहिएको जनशक्तिबारे विस्तृत विवरण राख्न सकिनेछ । जागिरको खोजीमा रहेकाहरुले पनि आफूलाई उपयुक्त लागेको भ्याकेन्सीमा एप्लाइ गर्न सक्नेछन् । ‘साना उद्यमीहरूका लागि यो राम्रो प्लेटफर्म हो ।’ एनपीइडिसिकी अन्जना ताम्राकारले भन्नुभयो, ‘उद्यमीले बजार नपाउँदा समस्या भोगिरहेका छन् । यो एकदमै ठूलो अवसर हो ।’

‘आफन्त’ साँच्चिकै उपयोगी भएको बताउँदै नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुश कुमार जोशीले नेपालीहरुलाई जोड्ने यो एप जति बढी प्रयोग गर्न सक्यौं, त्यति फाइदा रहेको बताउनु भयो । जोशीले भन्नुभयो ‘यो सञ्जालबाट देशका कुनाकाप्चामा उत्पादन भएका सामान बेच्न सकिन्छ ।’

गाउँघरमा उत्पादन भएका वस्तु तथा सामानहरु यस प्लेटफर्ममार्फत बेच्न सकिने आफन्त नेपाल प्रा।ली।ले बताएको छ । आम नेपालीहरुको उद्यम व्यवसायलाई कसरी प्रवद्र्धन गर्न सकिन्छ, ‘त्यसमा जोड दिन्छौं ।’ आफन्त नेपालका सञ्चालक ढकालले भने, ‘संघीय, प्रदेश, स्थानिय सरकारसँग मिलेर अगाडी बढ्ने योजना छ ।’ यो एप एन्ड्रोइड र आइओएस दुबै भर्सनमा डाउनलोड गर्न सकिन्छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका कार्यबाहक अध्यक्ष उमेशप्रसाद सिंहले आफन्त प्लेटफर्मलाई बहुआयामिक तबरले व्यवसायसँग जोडेर अगाडि बढाउन सकिने बताउनुभयो । विदेशमा रहेका नेपालीहरुलाई नेपाल, नेपाली र नेपाली उत्पादनसँग जोड्ने अवसर भएको भन्दै नेपाली पहिचान बोकेका उत्पादकहरुले फाइदा लिन सक्नुपर्ने बताउनुभयो ।

वि.सं.२०७७ फागुन १४ शुक्रवार १४:१५ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...