back
NMB ad

सेयर बजारमा लगानी बढाउँदै जीवन बीमा कम्पनी, ६ महिनामा झण्डै १९ अर्ब (कुन कम्पनीको कती )

Kumari bank ad

काठमाडौं । जीवन बीमा कम्पनीहरुले सेयर बजारमा धमाधम लगानी बढाउन थालेका छन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा जीवन बीमा कम्पनीले ३ खर्ब २५ अर्ब ४५ करोड ३६ लाख ६५ हजार रुपैयाँ लगानी गरेका छन् ।

उक्त लगानी मध्ये सूचीकृत कम्पनीको साधारण सेयरमा १८ अर्ब ८७ करोड ५९ लाख ५४ हजार रुपैयाँ लगानी गरेका छन् । सेयर बजारमा भने १९ मध्ये १७ वटा कम्पनीले मात्रै लगानी गरेका छन् । मेट लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले आइपीओमा लगानी गरेका छैनन् ।

जीवन बीमा कम्पनीहरुले चालु आवको पहिलो त्रैमासको तुलनामा २ अर्ब ५३ करोड ९ लाख ५२ हजार रुपैयाँ लगानी बढाएका छन् । चालु आवको पहिलो त्रैमासमा कम्पनीहरुले १६ अर्ब ३४ करोड ५० लाख २ हजार रुपैयाँ लगानी गरेका थिए ।

प्राप्त तथ्याङक अनुसार जीवन बीमा कम्पनीमा राष्ट्रिय बीमा संस्थानले ५ अर्ब ४५ करोड ६२ लाख २६ हजार रुपैयाँ लगानी गरेको छ । यस्तै नेशनल लाइफ इन्स्योरेन्सले १ अर्ब २८ करोड ५९ लाख ५० हजार, नेपाल लाइफ इन्स्योरेन्सले ३ अर्ब ४३ करोड ८३ लाख ५२ हजार, लाइफ इन्स्योरेन्स कर्पोरेशनले २ अर्ब ५९ करोड ८२ लाख ६१ हजार रुपैयाँ लगानी गरेका छन् ।

यस्तै एशियन लाइफ इन्स्योरेन्सले १ अर्ब ६६ करोड ७७ लाख ४४ हजार, सूर्या लाइफले ३५ करोड १० लाख ५ हजार, गुराँस लाइफले २६ करोड ७९ लाख ५ हजार, प्राइम लाइफले ९८ करोड ६५ लाख ३८ हजार, आईएमई लाइफ इन्स्योरेन्सले २ करोड ९५ लाख ८४ हजार, यूनियन लाइफले १८ करोड ७४ लाख २० हजार रुपैयाँ सेयर बजारमा लगानी गरेको छ ।

यता ज्योती लाइफले ५ करोड ६८ लाख ८९ हजार, सन नेपाल लाइफले १२ करोड २३ लाख ४५ हजार, रिलायन्स लाइफले ७९ लाख ३ हजार, रिलायबल नेपालले १० करोड ७४ लाख ६३ हजार, सिटिजन्स लाइफले १ अर्ब २१ करोड २४ लाख ८४ हजार, सानिमा लाइफले ५५ करोड ११ लाख ६८ हजार र प्रभु लाइफ इन्स्योरेन्सले ५४ करोड ८६ लाख ९९ हजार रुपैयाँ लगानी गरेका छन् । जीवन बीमा कम्पनीहरुले आफ्नो लगानीको बढीमा १० प्रतिशतसम्म सेयर बजारमा लगानी गर्न पाउने कानूनी व्यवस्था रहेको छ ।

वि.सं.२०७७ फागुन १८ मंगलवार १७:३४ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...