back
NMB ad

निर्जीबन बीमा कम्पनीले ३ महिनामै सेयर बजारमा बढाए ३९ करोड लगानी, सबैभन्दा बढी पुनर्बीमाको

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा निर्जीबन तथा पुनर्बीमा कम्पनीले विभिन्न क्षेत्रमा ६३ अर्ब ५३ करोड १० लाख २८ हजार रुपैयाँ लगानी गरेका छन् ।

जसमा सूचीकृत कम्पनीको साधारण सेयर (आइपीओ) मा मात्रै ५ अर्ब ७९ करोड ३ लाख ७६ हजार रुपैयाँ लगानी गरेका छन् । जुन विगत तीन महिना यताको ३९ करोड १७ लाख ७० हजार रुपैयाँले बढी हो । चालु आवको पहिलो तीन महिनामा निर्जीबन बीमा कम्पनीले ५ अर्ब ३९ करोड ८६ लाख ६ हजार रुपैयाँ लगानी गरेका थिए ।

यो अवधिमा नेपाल इन्स्योरेन्सले १० करोड ८२ लाख ३८ हजार, राष्ट्रिय बीमा कम्पनीले ८५ करोड ९५ लाख २४ हजार, नेशनल इन्स्योरेन्सले ९ करोड ७० लाख ८३ हजार, हिमालयन जनरल इन्स्योरेन्सले २२ करोड ३९ लाख ५९ हजार रुपैयाँ लगानी गरेका छन् ।

यूनाइटेड इन्स्योरेन्सले २० करोड ७३ लाख ५५ हजार, प्रिमियर इन्स्योरेन्सले ३१ करोड ८३ लाख ९८ हजार, एभरेष्ट इन्स्योरेन्सले २८ हजार ९६ लाख ५८ हजार, नेको इन्स्योरेन्सले ३३ करोड १९ लाख ६५ हजार रुपैयाँ लगानी गरेका छन् ।

यस्तै सगरमाथा इन्स्योरेन्सले ३३ करोड ८९ लाख, प्रभु इन्स्योरेन्सले २० करोड ८४ लाख २६ हजार, आईएमई जनरलले २५ करोड ६५ लाख ५१ हजार, प्रुडेन्सीयलले ३१ करोड ४५ लाख ६ हजार, शिखरले ३८ करोड ९७ लाख ६८ हजार, लुम्बिनी जनरलले २ करोड ४६ लाख ६७ हजार, एनएलजीले २२ करोड ३ लाख १४ हजार रुपैयाँ लगानी गरेका छन् ।

सिद्धार्थले २१ करोड ६७ लाख ७४ हजार, सानिमा जनरलले ११ लाख ९५ हजार, जनरल इन्स्योरेन्सले १४ करोड ४५ लाख ४२ हजार, अजोड इन्स्यारेन्सले १ करोड २१ लाख २१ हजार र नेपाल पुनर्बीमा कम्पनीले १ अर्ब २२ करोड ६४ लाख ३२ हजार रुपैयाँ लगानी गरेको छ । अन्य कम्पनीको तुलनामा पुनर्बीमा कम्पनीको सूचीृकत सेयरमा लगानी बढी देखिएको छ । ओरिएन्टल इन्स्योरेन्सले भने साधारण सेयरमा लगानी गरेको छैन ।

वि.सं.२०७७ फागुन १८ मंगलवार १८:३४ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...