back
NMB ad

बैंकमा कर्जामा माग बढेपछि ब्याजदर बढ्ने हल्ला, सेयर बजारसँगै कारोबार रकम पनि घट्दै

Kumari bank ad

काठमाडौं । सेयर बजारमा आएका निरन्तर गिरावटसँगै कारोबार रकममा पनि गिरावट देखिन थालेको छ । पछिल्लो दिनमा नियमित जस्तै बजारमा गिरावट आउन थालेको छ ।

अहिले बैंक तथा वित्तीय क्षेत्रमा अन्य क्षेत्रबाट ऋणको माग बढ्न थालेपछि सेयर बजारमा गिरावट आएको चर्चा सुरु भएको छ । फागुन दोस्रो सातासम्मकोे तथ्याङक हेर्ने हो भनेपनि बैंकहरुमा निक्षेप संकलन घटेको छ भने कर्जा लगानी बढेको छ । बैंकहरुमा निक्षेप संकलन कम हुने र कर्जाको माग बढ्दा बैंक ब्याजदर बढ्ने आंकलनले बजारमा गिरावट देखिएको चर्चापनि सुरु भएको छ ।

यसअघि बैंकिङ क्षेत्रमा अधिक तरलता हुँदा बैंकहरुले सहजै ऋण दिने, फोन गरेर बोलाएर नै ऋण दिने गरेका थिए । कोरोनाको समयमा बैंकहरुबाट जाने ऋणमा ५० प्रतिशतको हाराहारीमा सेयर धितोकर्जामा नै गएको बैंकहरुको भनाइ छ । तर पछिल्लो समयमा बैंकमा कर्जाको माग अन्य क्षेत्रबाट बढेपछि त्यसको असर सेयर बजारमा देखिएको सेयर बजारका एक जानकार बताउँछन् ।

बैंकमा अधिक तरलता हुँदा संस्तो ब्याजदरमा सहजै ऋण पाएका लगानीकर्ता अब सहजै ऋण नपाउने वा ब्याज बढने हो की भन्ने चिन्ताले पनि सेयर बेच्न थालेको जानकारहरुको भनाई छ । अहिलेसम्म बढेको बजारमा सेयर बिक्री गरेर केही लगानीकर्ता बाहिरिन थालेको पनि चर्चा सुरु भएको छ ।

बुधबार नेप्से मूल्य मापन गर्ने सूचक ३९.२३ अंकले घटेर परिसूचक २,४१६ बिन्दूम रहेका छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ७.१२ अंकले घटेको छ । २१२ कम्पनीको १ करोड १३ लाख ९२ हजार १३५ कित्ता सेयर ६ अर्ब २५ करोड ४८ लाख ९ हजार ४४२ रुपैयाँमा किनबेच भएको छ ।

कारोबारमा ट्रेडिङ समूहको उपसूचक ३०६.५४ र होटल एण्ड टुरिजम समूहको उपसूचक ३५.१७ अंकले बढेका छन भने बाँकी सबै समूहको उपसूचकमा गिरावट आएको छ ।

बैंकिङ समूहको उपसूचक १७.३, विकास बैंक ३२.६८, जलविद्युत २०.३२, निर्जीबन बीमा १६७.८८, माइक्रोफाइनान्स ५६.४३, जीवन बीमा समूहको उपसूचक ४२५.५३ अंकले घटेको छ ।

कारोबार रकमको आधारमा नेपाल दुरसञ्चार कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको २९ करोड ९७ लाख ६ हजार १४० रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा एशियन लाइफ इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्स रहेका छन् । कारोबारमा साल्ट टे«डिङ कर्पोरेशन र चन्द्रागिरी हिल्सको कारोबारमा सर्किट लागेको छ ।

वि.सं.२०७७ फागुन १९ बुधवार १५:३३ मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:५९

काठमाडौँ, १६ वैशाखः वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग...