back
NMB ad

आजदेखि नागरिक लगानी कोषको साढे ३ लाख कित्ता शेयर विक्रीमा, प्रतिकित्ता १०० रुपैयाँ

Kumari bank ad

काठमाडौं । आज (फागुन २१)देखि नागरिक लगानी कोषले ३ लाख ५४ हजार कित्ता शेयर लिलामी विक्री खुला भएको छ ।

कोषले ८२.८४ प्रतिशत हकप्रद शेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको शेयर लिलामी प्रक्रियाबाट बिक्री गर्न लागेको हो । कोषले आजदेखि ३ लाख ५४ हजार १५० दशमलव ०५ कित्ता शेयर लिलामी बिक्री खुला गरेको हो ।

उक्त शेयरमा व्यक्ति, कम्पनी तथा संघसस्थाले चैत २ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । न्यूनतम १० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाइन्छ ।

बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ, टेकु काठमाडौं तथा नागरिक लगानी कोषको कार्यालय, नयाँ वानेश्वर काठमाडौं र यसका विराटनगर र पोखरा शाखाबाट बोलपत्र पेश गर्न सकिनेछ ।

यसैगरी, राष्ट्रिय वाणिज्य बैंकका विभिन्न शाखा कार्यालयहरुमा पनि बोलपत्र बुझाउन पाउने व्यवस्था रहेको छ ।

वि.सं.२०७७ फागुन २१ शुक्रवार ११:५५ मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:५९

काठमाडौँ, १६ वैशाखः वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग...