back
NMB ad

कुमारी बैंकको “डिजिटल च्यालेन्ज” योजना, आइफोन १२ जित्ने यस्तो छ अवसर

Kumari bank ad

काठमाडौं । डिजिटल कारोबार प्रवर्धन तथा यसको प्रयोग बढाउने उद्देश्यका साथ कुमारी बैंक लिमिटेडले “डिजिटल च्यालेन्ज” नामक योजना प्रस्तुत गरेको छ ।

यो योजनाअन्तर्गत् बैंकको कुमारी स्मार्ट प्रयोग गरी कारोबार गर्ने ग्राहकहरूमध्ये १ जना भाग्यशाली विजेताले आइफोन १२ प्राप्त गर्न सकिने बैंकले जनाएको छ । यसका साथै ५ जना भाग्यशाली विजेताले साम्सङ ट्याब ए ८.० प्राप्त गर्न सकिने बै.कले जनाएको छ ।

“कुमारी स्मार्ट वान टु थ्री, आइफोन १२ फ्रि” योजनाअन्तर्गत् ग्राहकले ३ कार्यहरू सम्पन्न गरेमा आइफोन १२ प्राप्त गर्ने अवसर पाउनेछन् ।

जसअन्तर्गत् ग्राहकले कुमारी स्मार्ट मोबाइल एप प्रयोग गरी प्रथमतः टप–अप गर्ने, दोस्रोमा फोनपे डिरेक्टको प्रयोग गर्ने र तेस्रोमा फोनपे क्यु आर कोड स्क्यान गरी भुक्तानी गर्ने कार्य सम्पन्न गरेपछि आइफोन १२ प्राप्त गर्ने लक्की ड्रमा सहभागी हुनेछन् । यी ३ कार्यहरू सम्पन्न गर्ने ग्राहकहरूमध्ये एकले आइफोन १२ प्राप्त गर्नेछन् ।

यसका साथै कुमारी स्मार्ट एपबाट पहिलो पटक कारोबार गर्ने ग्राहकहरूमध्ये ५ भाग्यशाली विजेताले साम्सङ् ट्याब ए ८.० प्राप्त गर्नेछन् । यस योजनाअन्तर्गत् ग्राहकले पहिलो पटक टप–अप, बिल भुक्तानी, क्युआर भुक्तानी (फन्ड ट्रान्सफर र वालेट लोडबाहेक) कुनै एक कारोबार गरे पश्चात् साम्सङ् ट्याब ८.० प्राप्त गर्ने लक्की ड्रमा सहभागी हुनेछन् ।

कुमारी स्मार्ट प्रयोग गर्नका लागि ग्राहकहरूले बैंकमा आफ्नो खाता खोलेका वा कायम गरेको हुनुपर्छ । बैंक–खातासँग जोडिएको कुमारी स्मार्ट एप आफ्नो फोनमा डाउनलोड गरी माथि उल्लेखित कार्यहरू सम्पन्न गरे पश्चात् ग्राहकहरूले यो योजनामा सहभागी हुने अवसर प्राप्त गर्नेछन् ।

एफवान सफ्टको सहकार्यमा यो योजना यही मार्च १ तारिकदेखि मार्च महिनाको अन्तिम दिन ३१ तारिकसम्मका लागि मात्र लागू गरिएको छ ।

बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६२ एटिएम, २५ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरु सुदृढ पार्दै जाने प्रतिबद्धता जनाएको छ ।

वि.सं.२०७७ फागुन २३ आइतवार १७:११ मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...