back
NMB ad

सेयर बजारमा लगानीकर्ता निरास बन्दै, इन्डेक्ससहित कट्यो कारोबार रकम

Kumari bank ad

काठमाडौं । सेयर बजारमा आएको गिरावट लगानीकर्ताहरुलाई निरास बनाएको छ । कारोबारको सुुरु देखि नै गिरावट आएको बजारमा इन्डेक्ससँगै कारोबार रकममा आएको गिरावटले लगानीकर्तालाई निरास बनाएको छ ।

इन्डेक्स घटेपनि कारोबार रकम उच्च हुँदा बजारमा धेरै तल नजाने लगानीकर्ताको मनोविज्ञान रहेको छ । पछिल्लो समयमा इन्डेक्समा आएको गिरावटसँगै कारोबार रकम पनि खस्कदै गएको छ । यसले लगानीकर्तालाई झनै निरास बढाउन थालेको छ । नेप्से मापन गर्ने सूचक २३.२२ अंकले घटेर परिसूचक २४६१.८८ बिन्दुमा रोकिएको छ ।

२१० कम्पनीको १ करोड २४ लाख ८२ हजार ४२८ कित्ता सेयर ४ अर्ब ७५ करोड २७ लाख ८ हजार १४७ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा जलविद्युत, होटल तथा टुरिजम समूहको उपसूचकमा सुधार देखिँदा बाँकी सबै समूहको उपसूचकमा गिरावट आएको छ । जसले गर्दा बजारलाई प्रभावित बनाएको छ ।

कारोबार रकमको आधारमा शिखर इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । इन्स्योरेन्सको ६५ करोड ३५ लाख ४१ हजार ८८७ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा माथिल्लो तामाकोशी र अरुणभ्याली हाईड्रोपावर कम्पनी रहेका छन् ।

वि.सं.२०७७ फागुन २५ मंगलवार १५:२१ मा प्रकाशित

You can share this post!

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...

सेयर बजारमा गिरावट झिनो अंकको सुधार, कारोबार रकम बढ्यो

सेयर बजारमा गिरावट झिनो अंकको सुधार, कारोबार रकम बढ्यो

वि.सं.२०८१ जेठ ३ बिहीवार १५:१५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

चार लघुवित्त कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार लघुवित्त कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ३ बिहीवार १५:०९

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन   

मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन   

वि.सं.२०८१ जेठ ३ बिहीवार १४:१३

काठमाडौँ, ३ जेठ : मानवसेवा आश्रम सहयोगार्थ रु एक करोड...

निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी आगामी बजेट र मौद्रिक नीति ल्याउने

निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी आगामी बजेट र मौद्रिक नीति ल्याउने

वि.सं.२०८१ जेठ ३ बिहीवार १४:०३

काठमाडौं । सरकारले विकास र समृद्धिमा निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी...