back
NMB ad

उद्यमशीलता प्रवद्र्धन गर्ने कार्यक्रम ल्याउनुः महासंघ अध्यक्ष गोल्छा

Kumari bank ad

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य सुरकृष्ण वैद्यको सभापतित्वमा गठित स्थानिय आार्थिक विकास समिति विस्तार भएको छ ।

समितिको सह-सभापतिहरूमा महासंघको कार्यकारिणी समितिका सदस्यहरू उमेश डालमिया र महेन्द्रकुमार श्रेष्ठ रहनु भएको छ ।

समिति विस्तारका क्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले स्थानीय तहमा आर्थिक विकासका सम्भाव्यताहरूको पहिचान गरी सोही अनुसार कार्यक्रम तय गर्न आग्रह गर्नु भएको छ । महासंघका तर्फबाट सरकारमा के कस्तो सल्लाह सुझाव दिदा आर्थिक विकासका माध्यमबाट स्थानीय जनताको जीवनस्तर सुधार, उद्यमशीलता विकास र रोजगारी सृजनामा सहयोग पु¥याउन सकिन्छ सोही अनुसार समितिलाई क्रियाशिल राख्न सुझाव दिनु भएको हो ।

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठले स्थानीय शीप, स्रोत साधन र कच्चा पदार्थमा आधारित उद्योग व्यवसाय विस्तारका लागि महासंघका तर्फबाट के कसरी सहयोग गर्न सकिन्छ सोको पहिचान सहित अगाडि बढ्न सुझाव दिनु भयो ।

समितिका सभापति बैद्यको सभापतित्वमा बसेको बैठकले स्थानीय आर्थिक विकासको लागि के कस्ता कार्य गरी अगाडि बढन सकिन्छ त्यो विषयको पहिचानका लागि छिट्टै कार्यशाला गोष्ठी गरी आगामी कार्ययोजना तयार गर्ने गरी निर्णय भएको बताइएको छ ।

समितिका सदस्यहरूमा महासंघको कार्यकारिणी समितिका सदस्यहरू चक्र बहादुर अधिकारी, कुबिर कुमार श्रेष्ठ, अमृत भट्टचन, गजेन्द्रकुमार भगत, गोपाल केडिया र आर एण्ड डी इनोभेशन सोलुशन प्रा.लि.का अध्यक्ष सुनिता नेमाफुकी रहनु भएको छ ।

विशेष आमन्त्रितमा माटिकापुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष परशुराम चपाई, बझाङ्ग उद्योग वाणिज्य संघका अध्यक्ष दानबहादुर सुर्मेली, दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष कुलबहादुर विक, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बीर बहादुर राउत, पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पवन प्रजापति, दोलखा उद्यँेग वाणिज्य संघका पूर्व उपाध्यक्ष दिनेश बस्नेत रहनु भएको छ ।

यस्तै रामेछाप उद्योग वाणिज्य संघका सल्लाहकार जेएन दाहाल, ललितपुर उद्योग वाणिज्य संघका सदस्य मिलन शाक्य, भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप श्रेष्ठ, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष वेद बहादुर श्रेष्ठ, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जवल कसजु, धादिङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजकुमार श्रेष्ठ,गौशाला उद्योग वाणिज्य सघका अध्यक्ष रामराजा प्रसाद साह, उद्योग वाणिज्य संघ इटहरीका सचिव विष्णुनारायण डांगी, सुनसरी उद्योग वाणिज्य संघका उपाध्यक्ष शिवराज श्रेष्ठ रहनु भएको छ ।

महासंघका अनुसार झापा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज पनेरु(राजु), ओेखलढुंगा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र मास्के, नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. (नेफ्स्कुन), नयां बानेश्वरका कोषाध्यक्ष दिपक पनेरु, देवचुली उद्योग वाणिज्य संघ, नवलपरासीका अध्यक्ष रेशमलाल सापकोटा, उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष राजु श्रेष्ठ, थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्री, गुर्खा इनकाउन्टर प्रा.लि.का प्रतिमा भट्ट समितिमा विशेष आमन्त्रित हुनुहुन्छ । त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका पूर्व सचिव हरिहर सुवेदी समितिको सल्लाहकार हुुनुहुन्छ ।

वि.सं.२०७७ चैत २ सोमवार १४:२८ मा प्रकाशित

You can share this post!

छुट्ला है, ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:५९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज जेठ...

काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान   

काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४९

काठमाडौँ, ३ जेठ : हाल देशमा पश्चिमी र स्थानीय वायुको...

दसमहिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण   

दसमहिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४४

गण्डकी, ३ जेठ : पदयात्राका लागि प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा विगत...

क्रिकेटर लामिछाने क्यानको निलम्बनबाट फुकुवा   

क्रिकेटर लामिछाने क्यानको निलम्बनबाट फुकुवा   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४१

काठमाडौँ : नेपाल क्रिकेट सङ्घ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई...

जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी जुट्यो, यस्तो छ शेयर संरचना        

जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी जुट्यो, यस्तो छ शेयर संरचना        

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:३५

रमेश लम्साल, काठमाडौँ :  उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि...

आज ३ जेठ २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

आज ३ जेठ २०८१ बिहिवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:२८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...