back
NMB ad

प्राइम बैंकको ऋणपत्र परेन माग अनुसार आवेदन, थपियो समय

Kumari bank ad

काठमाडौं । प्राइम कमर्सियल बैंकको ऋणपत्रमा माग अनुसार आवेदन नपरेपछि समय थपिएको छ । बैंकले निष्काशन गरेको ‘८.७५ % प्राइम डिबेन्चर २०८५’ निष्काशन गरेको थियो ।

पहिलो चरणमा चैत ३ गते सम्म आवेदन दिन सकिने व्यवस्था रहेको थियो । त्यो अवधिमा माग अनुसार आवेदन नपरेको खण्डका चैत १३ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो । पहिलो चरणमा माग अनुसार आवेदन नपरेर दोस्रो चरणमा पनि आवेदन दिन सकिने व्यवस्था गरेको हो । तर बैंकले जारी गरेको सूचनामा ऋणपत्रमा मागभन्दा बढी आवेदन परेमा जुनसुकै बेला पनि आवेदन दिने समय सकिएको जानकारी गराउने रहेको छ ।

बैंकले ३ अर्ब ५० करोड रुपैयाँको प्रति कित्ता एक हजार रुपैयाँका दरले ३५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको छ । जसमा २१ लाख कित्ता बैंकले आफैले बिक्री गर्ने छ भने १४ लाख कित्ता मा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यसको ब्याजदर ८.७५ प्रतिशत रहेको छ । न्यूनतम २५ देखि अधिकतम ५ लाख कित्तासम्म सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट आजेदन दिन सकिने छ । बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिंङ रहेको छ ।

वि.सं.२०७७ चैत ३ मंगलवार १२:४९ मा प्रकाशित

You can share this post!

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...