back
NMB ad

राष्ट्र बैंकका नौ कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर, २ जनालाई कामु कार्यकारीको जिम्मेवारी

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले २ जना निर्देशकलाई कायम मुकायम कार्यकारी निर्देशक बनाएको छ भने ९ जना कार्यकारी निर्देशकलाई सरुवा गरेको छ ।

राष्ट्र बैंकका अनुसार २ जना कार्यकारी निर्देशन डेपुटी गभर्नरमा नियुक्त भएपछि रिक्त रहेको २ वटा विभागमा कायम मुकायम कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको हो ।

कार्यकारी निर्देशन निलम ढुङगाना र बम बहादुर मिश्र डेपुटी गभर्नर भएपछि उक्त स्थानमा २ जनालाई कायम मुकाय कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको छ ।

राष्ट्र बैंकका सहायक प्रवक्ता नारायण प्रसाद पोखरेलका अनुसार मुद्रा व्यवस्थापन विभागमा रहनु भएका निर्देशक दयाराम शर्मा पंगेनीलाई संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा कायम मुकायम कार्यकारी निर्देशकको जिम्मेवारी दिएर सरुवा गरिएको छ । यस्तै जनशक्ति व्यवस्थापन विभागमा रहनु भएका निर्देशक तुलसी प्रसाद घिमिरेलाई जनशक्ति विभागकै कायम मुकायम कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको छ ।

पोखरेलका अनुसार राष्ट्र बैंकका ९ जना कार्यकारी निर्देशकको सरुवा भएको छ । राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागमा रहेका मुकुन्दकुमार छेत्रीलाई वित्त व्यवस्था विभागमा सरुवा गरिएको छ ।

विकास बैंक सुपरिवेक्षण विभागमा रहनु भएका ऋषिकेश भट्ट सम्पति तथा सेवा व्यवस्थापन विभाग, वित्त व्यवस्थापन विभागमा रहनु भएका प्रदिपराज पौड्याल विकास बैंक सुपरिवेक्षण विभाग, आर्थिक अनुसन्धान विभाग रहनु भएका कार्यकारी निर्देशन डा. गुणाकर भट्ट बैंक सुपरिवेक्षण विभागमा सुरुवा हुनु भएको छ ।

यसअघि बैंकिङ विभागमा रहनु भएका कार्यकारी निर्देशक नरेश शाक्यलाई राष्ट्र ऋण व्यवस्थापन विभागमा सरुवा गरिएको छ ।
यस्तै सम्पति तथा सेवा व्यवस्थापन विभागमा रहनु भएका सुमन कुमार अधिकारीलाई लघुवित्त संस्था सुपरिवेक्षण विभागमा सुरुवा गरिएको छ ।

लघुवित्त संस्था सुपरिवेक्षण विभागमा रहनु भएका प्रकाश श्रेष्ठलाई आर्थिक अनुसन्धान विभाग, जनशक्ति व्यवस्था विभागमा रहनु भएका रामु पौडेल विदेशी विनिमय व्यवस्थापन विभागमा सरुवा गरिएको छ । राष्ट्र बैंकका अनुसार संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा रहनु भएका रामबहादुर मानन्धर बैंकिङ विभागमा सरुवा गरिएको छ ।

वि.सं.२०७७ चैत ३ मंगलवार १३:५२ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...