back
NMB ad

एनएसएल अर्को महिनाबाट शुरू हुँदै, आइएमई ग्रुपले गर्यो यस्तो सम्झौता

Kumari bank ad

काठमाडौं । नेपाली फुटबलको इतिहासमै पहिलो पटक अक्सनमा आधारित फ्रेन्चाइज नेपाल सुपर लीग (एनएसएल) अर्को महिनाबाट शुरू हुँदै छ ।

अन्तर्राष्ट्रिय स्तरमाअभ्यास हुँदै आएको भएतापनि यस्तो प्रकृतिको खेलकुद प्रतियोगिता नेपालमा पहिलो पटक गर्न लागिएको हो । प्रतिष्ठित व्यवसायिक घरानाहरूले विभिन्न प्रतिष्पर्धी टीमहरूको स्वामित्व ग्रहण गर्न थालेपछि यो प्रतियोगिताझन बढी प्रतिष्पर्धात्मक एवम् रोमान्चकारी हुने देखिएको छ ।

यसै क्रममा आसन्न प्रतियोगितामा आइएमई ग्रुप अन्तर्गत संचालित गेम अन प्रा.लिले एफसी चितवन टीमको स्वामित्व ग्रहण गर्ने भएको छ । हालै राजधानी काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकावीच उक्त कुरा सार्वजनिक गरिएको थियो ।

पानीपोखरी स्थित आइएमई ग्रुपको केन्द्रीय कार्यालयमा बुधबार आयोजित एक विशेष कार्यक्रमकावीच सो सम्बन्धित सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।

सम्झौतपत्रमा आइएमई ग्रुपको तर्फबाट गेम अन प्रा.लिका प्रवन्ध निर्देशक सचिन ढकाल र मुख्य प्रशिक्षक मेघराज के.सी, सहायक प्रशिक्षक शैलेश कर्मचार्य र मार्की प्लेयर राष्ट्रिय टीमका स्टाइकर भरत खवासले हस्ताक्षर गर्नुभएको छ ।

सोही अवसरमा गेम अन प्रा.लिका प्रवन्ध निर्देशक सचिन ढकालले विश्वकपमा अर्कै देशको टीमलाई समर्थन गर्दै खेलको मनोरन्जन लिनुपरेको अवस्थालाई अन्त्य गर्नका लागि आफुले एफसी चितवन टीमको नेतृत्व लिएको उल्लेख गर्नुभयो ।

साथै टीमले सफलता प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । खेलकुदका क्षेत्रमा युवा पुस्तामा बढ्दो आकर्षण रहेको र प्रर्याप्त पूर्वाधार पनि निर्माण भइन सकेको अवस्थामा समस्त खेलाडीहरूलाई प्रोत्साहन पनि मिलोस् र दर्शकलाई भरपुर मनोरन्जन पनि प्राप्त होस् भन्ने आफ्नो इच्छा रहेको बताउनुभयो ।

विश्वका कैयन राष्ट्रहरूले खेलकुदका क्षेत्रबाट ठूलो आम्दानी प्राप्त गरिरहेको अवस्थालाई स्मरण गर्दै प्रवन्ध निर्देशक ढकालले नेपालमा पनि त्यस्तो खालको सम्भावना रहेको बताउनुभयो।

मुख्य प्रशिक्षक मेघराज के.सीले नेपालमा व्यवसायिक फुटवलको जति विकास हुनुपर्ने थियो त्यति नभइरहेको अवस्थामा कर्पोरेट हाउसहरूले देखाएको स्वस्फुर्त इच्छाले अव नेपाली फुटवल खेलको स्तरोन्नतिमा महत्वपूर्ण योगदानपुग्ने विश्वास व्यक्त गर्नुभयो ।

तीन दशक भन्दा बढी समयदेखि नेपालको व्यवसायिक क्षेत्रमा क्रियाशील आइएमई ग्रुपले रेमिट्यान्स, बैंक तथा वित्तीय संस्था, ट्रेडिङ्ग, पर्यटन, सूचना प्रविधि, उर्जा, अटो मोबाइल, इन्सोरेन्स तथा डिजिटल फाइनान्स जस्ता क्षेत्रमा लगानी विस्तार गर्दै आइरहेको छ ।

आइएमई फाउन्डेसन मार्फत खेलकुदका क्षेत्रमा योगदान पु¥याउँदै आएको ग्रुपको खेलकुदका क्षेत्रमा यो दोस्रो प्रयास हो ।

वि.सं.२०७७ चैत ४ बुधवार १७:२६ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...