back
NMB ad

२२.८ % जनसंख्याको पहुँचमा पुग्यो बीमा, प्रिमियम संकलन ३२.२ प्रतिशतले बढ्यो

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनासम्ममा २२.८ प्रतिशत जनसंख्यामा बीमाको पहुँच पुगेको छ । वर्षको सोही अवधिको तुलनामा १.९ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा बीमाको पहुँचमा २०.९ प्रतिशत जनसंख्यामा मात्रै रहेको थियो ।

अर्थ मन्त्रालयका अनुसार वैदेशिक रोजगार बीमालेख समेत समावेश गर्दा २५.२ प्रतिशत मानिस बीमाको दायरामा समावेश भएका छन् । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २०.९ प्रतिशत र २३.८ प्रतिशत रहेको छ ।

मन्त्रालयका अनुसार चालु आवको माघ महिनासम्ममा कुल बीमालेखको संख्या अघिल्लो वर्षको तुलनामा ९.३ प्रतिशतले बढेर ७२ लाख ४३ हजार ५ सय पुगेको छ ।

यो अवधिमा संकलन भएको बीमा प्रिमियर रकम ३२.२ प्रतिशतले बढेर ९२ अर्ब ४१ करोड पुगेको छ । गत आवको सोही अवधिमा ६९ करोड ९२ लाख रुपैयाँ रहेको थियो । मन्त्रालयका अनुसार बीमा प्रिमियम संकलनमा जीवन बीमा र निर्जीबन बीमा तर्फको हिस्सा क्रमशः ८१.८ प्रतिशत र १८.२ प्रतिशत रहेको छ ।

वि.सं.२०७७ चैत ५ बिहीवार १३:५४ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४०

काठमाडौं । महालक्ष्मी विकास बैंकले मिति २०८१ साल बैशाख १२...

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:३२

काठमाडौँ, १६ वैशाखः नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १०...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...