काठमाडौं । राष्ट्रिय सहकारी बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । एक सूचना निकाल्दै बैंकले अधिकृत, सहायक अधिकृत, वरिष्ठ सहायक र कनिष्ठ सहयाक पदमा स्थायी सेवाका लागि कर्मचारी माग गरेको हो ।
सूचना अनुसार अधिकृत पदमा १ जना, सहायक अधिकृत १२ जना(बैंकिङ व्यवसाय र सूचना प्रविधि), बरिष्ठ सहायक २ जना र कनिष्ठ सहायक पदका लागि ४८ जना कर्मचारी माग गरेको हो ।
योग्य तथा इच्छुक नेपाली नगारिकले चैत १८ गतेभित्र अनलाइन दरखास्त फारम भर्न सकिने छ । दरखास्त फारम, लिखित परीक्षाको पाठ्यक्रम, लिखित परीक्षाको कार्यक्रम तथा परीक्षा केन्द बैंकको वेवसाइट मार्फत आवेदन दिन तथा हेर्न सकिने सूचनामा उल्लेख छ ।
विस्तृतका लागि हेर्नुहोस् सूचना :
वि.सं.२०७७ चैत ५ बिहीवार १७:२८ मा प्रकाशित