back
NMB ad

प्रधानमन्त्रीको प्रश्न, कोरोनाले मान्छे सोत्तर भएपछि अर्थतन्त्र उठ्छ ?

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भयावह हुन नदिन सरकार सतर्क रहेको बताउनुभएको छ । कोरोना महामारीको पनि महामारी भएको उहाँको भनाइ छ ।

‘यो फर्फी फर्की आउने महामारी हो’ उहाँले भन्नुभयो ‘जेसुकै भनिए पनि सामाजिक दुरी कायम गर्ने र मास्क लगाउने कार्य गरेर संक्रमणलाई शुन्य तुल्याउनु यसको सबैभन्दा प्रभावकारी विधि हो ।’

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीबाट प्रकाशित नेपालमा कोभिड-१९ महामारी र प्रतिकार्य प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा प्रधानमन्त्री ओलीले कोभिड–१९ को संक्रमण नकारात्मकतातिर जाने लक्षण देखिएको भन्दै भयावह हुन नदिन ध्यान दिनुपर्ने बताउनु भएको थियो ।

‘तीन दिनदेखि लक्षण फेरि नकारात्मकतातिर जान खोज्या हो की ? स्थिति भयावह हुन नपाओस् भनेर हुनभन्दा अगाडि नै हामीले ध्यान दिनुपर्दछ,’ प्रधानमन्त्रीले भन्नुभयो, ‘अहिले स्थिति भयावह नभए पनि यसको अर्को जेनेरेशन चाहीँ अझ बढी खतरनाक ढंगले अर्कै प्रकृतिमा पैदा भएको छ ।’

दिनैपिछे घटदै आइरहेको संक्रमण दर फेरि बढदा सतर्क हुनुपर्ने अवस्था आएको बताउनुभयो । कोभिड-१९ लाई पूर्ण रुपमा नियन्त्रण गर्नुपर्ने बताउँदै उहाँले संक्रमणबाट बच्ने र बचाउने कुरा मुख्य भएको धारणा समेत राख्नुभयो ।कोभिड-१९ खोपले पनि नयाँ भाइरसको लागि काम गर्छ कि गर्दैन भन्ने यकिन नभएको पनि उहाँले बताउनुभयो ।

कोभिडको सन्दर्भमा नेपालले जीवन पहिले की अर्थतन्त्र पहिले भन्ने बहस छेडिएको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । कतिपय मुलुकले अर्थतन्त्र भनेको उल्लेख गर्दै उहाँले नेपालले जीवन पहिला भन्ने मान्यता अंगालेको बताउनुभयो । मानिस सोत्तर भएपछि अर्थतन्त्र उठ्छ कहिँ ? उहाँको प्रश्न छ ।

वि.सं.२०७७ चैत १२ बिहीवार ०९:५५ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...