back
NMB ad

स्थानीय निकायमा ७० % बजेट पठाउनु अहिले नै व्यवहारिक हुँदैनः प्रधामन्त्री ओली

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय जनप्रतिनिधिहरु सामाजिक जागरणको अभियन्ता, जनताको सेवक र विकासका अभियन्ता बन्नुपर्ने बताउनुभएको छ ।

नेपाल नगरपालिका संघको २८ औं वार्षिकोत्सवका अवसरमा प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो । ‘जनप्रतिनिधिलाई आ-आफ्नो ठाउँबाट अधिकारसहित भूमिका खेल्न पठाएका हुन् । त्यसैले आफूलाई पदाधिकारी होइन जनताका सेवक ठानौं’ उहाँले भन्नुभयो ‘स्थानीय जनप्रतिनिधिहरुले कोभिड- १९ को महामारीका बेला आफूलाई जोखिममा राखेर समेत जनताको सेवा गर्दा स्थानीय तहको महत्व र औचित्य अनूभूत भएको छ ।’

संविधानको अनुसूचि ८ मा राखिएका स्थानीय सरकारका अधिकार आफूहरुल नै सोच विचार गरेर राखिएको उल्लेख गर्दै त्यो लडाँइको नभई तालमेलको विषय भएको बताउनुभयो । क्षमता वृद्धिसँग सँगै ति अधिकारहरुलाई पूर्ण रुपमा प्रयोग गर्ने स्थितिमा स्थानीय सरकार पुग्ने धारणा उहाँको थियो । ‘स्थानीय तहलाई अधिकार सम्पन्न नबनाए कसलाई अधिकार सम्पन्न बनाउने ? स्थानीय तहले घरमा लगेर त्यो अधिकार गाई भैँसीलाई खुवाउने हो र ? त्यहाँ देश विकासका लागि, जनताका लागि खर्च गर्छन् नी, प्रधानमन्त्रीको भनाइ थियो ।

केन्द्र सरकार र स्थानीय सरकार पक्ष प्रतिपक्ष नभएको उल्लेख गर्दै उहाँले अहिलेको नयाँ अभ्यासमा परिपक्वता आउन समय लाग्ने समेत बताउनुभयो । ‘स्थानीय तह भित्रै वडा अध्यक्षदेखि उपमेयरसम्मका आ–आफ्ना गुनासा छन्, हामी सिक्दै जान्छौं र अभ्यासबाट परिमार्जित गर्दै जान्छौं’ उहाँले भन्नुभयो ।

व्यक्ति र संस्थाहरुको क्षमता वृद्धि आजको मुख्य कार्यभार भएको धारणा प्रधानमन्त्रीको थियो । ‘स्थानीय तहहरुले सबै चिज गर्छु, केन्द्र सरकारको जस्तो गर्छु भन्न थाले भने त्यो सम्भव हुँदैन, प्रदेशले पनि त्यो भ्रम राख्नुहुँदैन’ उहाँले थप्नुभयो । अहिले देशमा सरकार भएको अनुभूति भएको बताउँदै प्रधानमन्त्रीले शहरहरुका सडक बालबालिका र बेसहारा मानवलाई उद्धार गरिएको समेत उल्लेख गर्नुभयो ।

स्थानीय निकायमा ७० प्रतिशत बजेट पठाउनु अहिले नै व्यवहारिक नहुने धारणा पनि प्रधानमन्त्रीको थियो । ‘बजेटमा ७० प्रतिशत भनेको छ, त्यो के गर्नुहुन्छ ? ७० प्रतिशत ओढ्ने, ओच्छ्याउने हो र ? , उहाँले भन्नुभयो । यसका साथै प्रशासनिक खर्च बाहेक विकासका सबै काम स्थानीय सरकारबाट हुने उहाँको भनाई थियो । खर्च गर्ने क्षमताको कमी राष्ट्रिय कमजोरी भएको समेत उल्लेख गर्नुभयो । ‘क्षमता भएको ठाउँमा त पुँजीगत खर्च नभएर बेहाल छ भने क्षमता नभएका ठाउँमा पुँजीगत खर्च झन गाह्रो हुन्छ । त्यसकारण त्यो पुँजीगत खर्च हुनेगरी हामी विनियोजन गर्छौं ।

स्थानीय निकायहरुले एकको सफलताबाट अर्कोले प्रेरणा लिनुपर्ने र स्थानीय निकायका महिला प्रतिनिधिहरुलाई पुरुष प्रतिनिधिलाई समेत उछिन्ने गरी अघि बढन समेत उहाँले प्रेरित गर्नुभयो । कार्यक्रममा प्रधानमन्त्रीले नगरपालिका संघबाट प्रकाशित पुस्तकको समेत विमोचन गर्नुभएको थियो ।

वि.सं.२०७७ चैत १२ बिहीवार १०:३३ मा प्रकाशित

You can share this post!

ज्योति विकास बैंकद्वारा १५ वर्ष भन्दा बढी सेवा गरेका कर्मचारीलाई सम्मान

ज्योति विकास बैंकद्वारा १५ वर्ष भन्दा बढी सेवा गरेका कर्मचारीलाई सम्मान

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १७:४१

काठमाडौं :  ज्योति विकास बैंकले लामो समयसम्म सेवारत कर्मचारीहरूलाई अनुकरणीय...

केबुलकारका स्रष्टाबारेको किताब सार्वजनिक

केबुलकारका स्रष्टाबारेको किताब सार्वजनिक

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १७:३५

काठमाडौं : नेपालमा केबुलकार भित्र्याउने उद्यमी लक्ष्मणबाबु श्रेष्ठबारेको पुस्तक शुक्रबार...

कांग्रेसको अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगन   

कांग्रेसको अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगन   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १७:२५

काठमाडौँ, २८ वैशाख : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले अवरोध...

जहाजको इञ्जिन मर्मतबारे छानबिन गर्न निगमद्वारा समिति गठन   

जहाजको इञ्जिन मर्मतबारे छानबिन गर्न निगमद्वारा समिति गठन   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १५:१६

काठमाडौँ, २८ वैशाखः नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ‘नाइन...

चौँरी घोडा नाच र घरबासमार्फत पर्यटन प्रवर्द्धनमा भैँसेगाउँ   

चौँरी घोडा नाच र घरबासमार्फत पर्यटन प्रवर्द्धनमा भैँसेगाउँ   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १५:०९

अच्युत रेग्मी भैँसेगाउँ (धादिङ), २८ वैशाख : जिल्लाको उत्तरी क्षेत्र...

भेरीमा ट्र्याक्टर खस्दा दुई जनाको मृत्यु   

भेरीमा ट्र्याक्टर खस्दा दुई जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १५:०१

त्रिवेणी (रुकुम पश्चिम), २८ वैशाख : रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१४...