back
NMB ad

एनएलजी इन्स्योरेन्सका संस्थापक सेयरधनीको ९५ प्रतिशत सेयर सर्वसाधरणमा परिणत

Kumari bank ad

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको संस्थापक सेयरधनीहरुको ९५ प्रतिशत सेयर सर्वसाधरण समूहमा परिणत भएको छ । एक सूचना प्रकाशन गर्दै कम्पनीले उक्त सेयर समायोजन गरि सम्वन्धित हितग्राही खातामा समेत पठाएको जनाएको छ ।

कम्पनीको समूह “ख“ सेयर २० प्रतिशत कायम रहेकोमा गत मंसिर ५ गते सम्पन्न १४औं वार्षिक साधारण सभाबाट पारित समूह “ख” को सेयर सहज विक्री वितरण गर्ने प्रयोजनका लागि कम्पनीको प्रबन्धपत्रको दफा ५ ग (१) तथा नियमावलीको नियम ५ ग (१) मा भएको व्यवस्था बमोजिम समायोजन गरेको हो ।

कम्पनीको सूचनामा भनिएको छ, – ‘मिति २०७७/१२/६ गतेसम्म शेयर अभौतिकीकरण गराउनु भएका कम्पनीका सेयरधनी महानुभावहरुको सर्वसाधारण समूहको सेयर सम्बन्धित हितग्राही खातामा जम्मा गरिएको व्यहोरा जानकारी गराउँदै, सों मिति पश्चात् सेयर अभौतिकीकरण गराउनु भएका सेयरधनीहरुको हकमा क्रमशः उक्त सर्वसाधारण सेयर जम्मा हुने व्यवस्था गरिएको हुँदा हालसम्म पनि सेयर अभीतिकीकरण नगर्नु भएका सेयर धनीहरुले आफ्नो सेयर अभौतिकीकरण गराई आफ्नो कायम हुने सर्वसाधारण समूहका सेयर समेत हितग्राही खातामा नै प्राप्त गर्न सकिने व्यहोरा जानकारी गराउँदछौ।’

साथै चैत ६ गतेसम्म सेयर धितो बन्धक राखी कर्जा लिनु भएका सेयरधनीहरुको हकमा कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तिय संस्थाहरुलाई सम्पर्क राखि सेयरधनीहरुले सेयर फकबा गर्न आवश्यक प्रक्रिया गरी उक्त शेयर फकवा रहे/नरहेको यकिन गरी आफ्नो कायम संस्थापक सेयरलाई सर्वसाधारण समूहको सेयरमा परिणत गर्न कम्पनीले अनुरोध गरेको छ ।

उक्त प्रयोजनका लािग कम्पनीको सेयर रजिष्ट्रार आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड. टेक, काठमाण्डौमा सम्पर्क राख्नु हुन समेत अनुरोध गरेको छ ।

 

वि.सं.२०७७ चैत १९ बिहीवार १२:०४ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...