back
NMB ad

पानी नपिउनेसँग सेवामा शुल्क र जरिमाना लिएको सुन्दा प्रम ओली अचम्मीत, यस्तो शुल्क नतिर्न आग्रह

Kumari bank ad

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सेवा प्राप्त नगरेका सेवाग्राहीले सेवा शुल्क र त्यस वापतको कुनै जरिमाना तिर्नु नपर्ने बताउनु भएको छ । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको खानेपानी उद्घाटन कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले उपत्यकाका धेरै घरहरुमा एक थोपा पानी नआउँदा पनि उपत्यकावासी पानीको शुल्क र जरिमाना तिर्न बाध्य भएको भन्दै त्यस्ता सेवाग्राहीलाई शुल्क-जरिमाना मिनाह गर्न राष्ट्रपति र प्रधानमन्त्री समक्ष प्रस्ताव राख्नुभएको थियो ।

प्रमुख शाक्यको उक्त प्रस्तावप्रति ध्यानाकर्षण भएको भन्दै प्रधानमन्त्री ओलीले सेवा प्राप्त नगरेका सेवाग्राहीबाट सेवामा शुल्क र अझ त्यसमा पनि जरिमाना लिने गरेको कुरा सुन्दा अचम्म लागेको बताउनुभयो । ‘जसले सेवा नै प्राप्त गरेको छैन उसले सेवा नै प्राप्त नगरी सेवा शुल्क तिर्ने कुरा हुँनै सक्दैन । यो भएको छ भने सच्याइने छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘त्यो कुनै पनि निकायबाट भएको छ भने भन्न चाहन्छु, जहाँ सेवा दिएको छैन त्यहाँ सेवा शुल्क लिन पाइदैन । जुन सेवा लिन मिल्दैन त्यो सेवामा जरिमान गर्न झन मिल्दैन ।’

उहाँले सेवाग्राहीलाई सेवा दिन नसक्नु सरकारको कमजोरी भएको भन्दै त्यस्तो अवस्थामा सेवाग्राहीलाई जरिमाना तिराउने कुरा सम्भव नहुने बताउनुभयो । ‘सरकारले सेवा उपलब्ध गराउन सकेको छैन । सेवा पुर्याउन नसकेकोमा क्षमा याचना गर्नुपर्ने ठाउँमा उल्दै जरिमाना सरकारले तिराउने कुरा हुँदैन,’ उहाँले भन्नुभयो, ‘सेवाप्राप्त नगरेका सेवाग्राहीले सेवा शुल्क पनि तिर्नु पर्दैन र त्यस वापत कुनै जरिमाना पनि तिर्नुपर्दैन ।’

कार्यक्रममा शाक्यले धेरै सयमयदेखि उपत्यकामा खानेपानीको हाहाकार भएको सबैलाई स्मरण नै रहेको भन्दै मेलम्चीको पानी उपत्यकावासीले पिउने सपना साकार भएकोमा खुशी व्यक्त गर्नुभयो ।

‘मेलम्चीको पानी उपत्यकामा आउँदै गर्दा अहिले पनि सबै धारामा पानी पुग्ने अवस्था छैन । कतिपय ठाउँमा नयाँ पाइप बिच्छाइएको छ भने कतिपय ठाउँमा पुरानै पाइपबाट वितरण भैरहेको छ,’ काठमाडौँ महानगरपालिकाको प्रमुख, उपत्यका नगरपालिका फोरमको अध्यक्ष र खानेपानी आयोजनाको उपभोक्ताको हैसियतले भन्न चाहन्छु, ‘सबै ठाउँमा नयाँ पाइप विच्छाउने कुरामा सम्वन्धित नियकायको ध्यान पुगोस ।’

उहाँले अहिले पनि काठमाडौँ महानगरपालिकाले सडक बनाउँदै जाने र मेलम्ची खानेपानीले खन्दै जाने भएकाले धेरै बजेट खन्न र पुर्नेमै खर्च भैरहेको स्मरण गराउनुभयो । ‘हामी बनाउनमा र उहाँहरु खन्नमा प्रतिस्पर्धा गर्ने हुँदा आजको मितिबाट त्यो प्रतिस्पर्धाको अन्त्य हुनेछ भन्ने मैले विश्वास लिएको छु, ‘अब सडकलाई चिल्लो बनाउने हिलो–धुलोमुक्त बनाउने अभियानमा लागेका छौँ । त्यो अभियानले सार्थकता पाउने छ । हामी केन्द्र र प्रदेश सरकारसँग पनि सहकार्य गरेर अघि बढ्छौँ ।’

वि.सं.२०७७ चैत २१ शनिवार १२:०३ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...