काठमाडौं । विहीबार पनि सुनको मूल्य बढेको छ । आज छापावाल सुनको मूल्य एकैदिन १ हजार रुपैयाँ बढेको हो ।
अघिल्लो दिन प्रतितोला ८८ हजार रुपैयाँमा कारोबार सुनको आजका लागि भने बढेर ८९ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुनको मूल्य ८८ हजार ५५० रुपैयाँ तोकिएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । महासंघका अनुसार प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार हुने छ । अघिल्लो दिन १२ सय ६० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
वि.सं.२०७७ चैत २६ बिहीवार १०:५६ मा प्रकाशित