back
NMB ad

नेपालमा लगानी गर्न नियामक निकाय बाधक ईयू राजदुत : डेप्रेज, हवाई उड्ययनमा लगाएको प्रतिबन्ध हटाउनु : अध्यक्ष मोर

Kumari bank ad

काठमाडौ । नेपाल उद्योग परिसंघका पदाधिकारी र नेपालका लागि युरोपियन युनियनकी राजदूत नोना डेप्रेजबीच द्विपक्षीय सम्बन्ध र व्यापार प्रवद्र्धनका विषयमा छलफल भएको छ ।

छलफलमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले उपभोग बढ्दै गएको तर स्वदेशमा उत्पादन नभएकोले व्यापार घाटा बढ्दै गएको बताउनुभयो । यसैलाई मध्यनजर गरी परिसंघले “मेक इन नेपाल-स्वदेशी” अभियानलाई अगाडि बढाएको राजदूत डेप्रेजलाई जानकारी गराउनुभयो ।

अध्यक्ष मोरले आगामी दिनमा परिसंघले युरोपियन युनियनबाट प्राविधिक सहयोगको अपेक्षा राखेको बताउँदै हाल सुरक्षाको कारण देखाउँदै नेपाली हवाई उड्ययनलाई लगाएको प्रतिबन्ध हटाउनु पर्ने धारणा राख्नुभयो ।

मोरले नेपालको हवाई उड्ययन क्षेत्रले सु्रक्षामा विशेष ध्यान पु¥याई रहेकोले युरोपबाट पनि नेपालमा पर्यटक भित्र्याउनको लागि सहयोग गर्न अनुरोध गर्नुभयो । उहाँले भारतसँग भएको व्यापार सम्झौता अनुसार शुल्क मुक्त निर्यात भइरहेकोले युरोपमा पनि कसरी निर्यात बढाउन सकिन्छ त्यस तर्फ सहयोग पु¥याउन राजदूत डेप्रेजलाई अनुरोध गर्नुभयो । सिप विकासबाटनै उत्पादकत्व वृद्धि गर्न सकिने भएकोले प्राविधिक सिप विकासमा सहयोग पु¥याउन उहाँको आग्रह रहेको छ ।

परिसंघका वरिष्ठ आर्थिक सल्लाहकार डा. विश्व पौडेलले नेपाल कम विकसित राष्ट्रबाट माथि जाँदै गर्दा युरोपियन युनियनले प्रदान गरेका व्यापार सुविधाहरु स्वतः हट्ने भएकोले युरोपका मूलुकमा भएको व्यापार १० प्रतिशतले घट्ने तर्फ संकेत गर्दै नेपालमा विप्रेषणबाट भएको आम्दानीले उपभोग बढ्दै गएको बताउनुभयो ।

उहाँले नेपालमा औद्योगिक सर्भे नभएको र भएका सर्भेहरु पनि सम्बन्धित संस्थाको सिमित प्रयोजनका लागि भएकाले परिसंघले औद्योगिक सर्भे नियमित रुपमा प्रकाशन गर्दै जाने बताउनुभयो । परिसंघ उत्पादनमूलक उद्योगमा केन्द्रित भएकोले सरकारसँग सहकार्य गरिरहेको बताउँदै परिसंघले कृषिजन्य र विटुमिन लगायतका कम्तिमा आठवटा उद्योगसँग सम्बन्धित वस्तुको आयात प्रतिस्थापन गर्ने तर्फ परिसंघ अगाडि बढेको बताउनुभयो ।

नेपाल उद्योग परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले परिसंघले धेरै देशका चेम्बरहरुको साझा मञ्चकोरुपमा युनियन अफ एशियन चेम्बर गठन गर्न लागेको बताउँदै युरोपका चेम्बरहरुसँग सम्भावित व्यापार साझेदारको लागि समन्वय गरिदिन अनुरोध गर्नुभयो । युरोपियन युनियनले युरोपका कम्पनीहरुसँग प्राविधिक सहकार्य गर्न र सिप विकासको लागि सहयोग गर्न अनुरोध गर्नुभयो । युरोपियन लगानीमा रहेको इआइडिसी पूर्वाधार विकासमा केन्द्रित भएकोले त्यसमार्फत नेपालमा लगानी बढाउन अनुरोध गर्नुभयो ।

परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले युरोपियन युनियनको आर्थिक सहयोग र दक्षतासँगको सहकार्यमा निजी क्षेत्रको आवश्यकता अनुरुप युवा जनशक्तिको सिप विकास गर्नको लागि नीजि क्षेत्रको सहभागितामा श्रमबजार सूचना सम्बन्धी सरल र प्रभावकारी पद्दतिको निर्माण गर्न इएलएमएस परियोजना अगाडी बढाई रहेको बताउनुभयो ।

राजदूत डेप्रेजले युरोपियन युनियले नेपाल सरकारलाई विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको सन्दर्भ उल्लेख गर्दै नीति निर्माणमा सहयोग पु¥याउन इच्छुक रहेको बताउनुभयो । स्वस्थ व्यक्ति स्वस्थ पृथ्वीको अवधारणा अगाडि सार्दै मानव गतिविधिको कारण वातावरणमा पर्ने प्रभावलाई न्यूनिकरण गर्न ग्रिन टेक्नोनोजीलाई प्रवद्र्धन, प्रविधिहरुको विकास, वातावरणसँग सम्बन्धित मापदण्डलाई आत्मसात गरी कार्वन उत्सर्जन कम गर्नको लागि निजी क्षेत्रसँग सहकार्य गर्न सकिने उहाँको धारणा थियो ।

राजदूत डेप्रेजले वैदेशिक लगानीको लागि नियामक निकायबाट सहज नभएको तर्क राख्दै लगानीमैत्री वातावरण बनाउनु पर्ने धारणा राख्नुभयो । नेपाल एलडिसिबाट ग्र्याजुएट भएपछि प्रतिस्पर्धी क्षमता विकास गरी युरोपियन बजारबाट लाभ लिन सकिने बताउनुभयो ।

त्यसैगरी नेपालबाट युरोपियन युनियनमा आवद्ध देशहरुमा निर्यात हुँदै आएको वस्तुहरु निर्यात गर्न सहयोग गर्ने, पर्यटन प्रवद्र्धनको लागि सहयोग पु¥याउने र हवाई उड्यनका सम्बन्धमा देखिएको समस्यालाई समाधान गर्नको लागि पहल गर्ने बताउनुभयो ।

वि.सं.२०७७ चैत २६ बिहीवार १०:४३ मा प्रकाशित

You can share this post!

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छः सीइओ भट्ट   

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छः सीइओ भट्ट   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:१६

सरकारले आइतबारदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन सुरु गरेको छ ।...

सेयर बजारमा झिनो अंकको सुधार

सेयर बजारमा झिनो अंकको सुधार

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:१७

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

यी तीन फाइनान्स कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:११

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार...