back
NMB ad

व्यवसाय विस्तारमा आक्रमक बन्दै बीमा कम्पनी, ३१ प्रतिशतले बढ्यो प्रिमियम संकलन

Kumari bank ad

काठमाडौं । फागुन मसान्तसम्म सञ्चालनमा रहेको बीमा कम्पनीहरुको बीमालेख संख्या अघिल्लो वर्षको तुलनामा १४.९ प्रतिशतले बढेको छ । अर्थ मन्त्रालयका अनुसार यो अवधिमा कुल बीमा लेखेको संख्या १ करोड १ लाख ७६ हजार २९० पुगेको छ ।

जसमा जीवन बीमालेख ८०.५ र निर्जीबन बीमा १९.५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो हिस्सा ८१.४ र १८.६ प्रतिशत रहेको थियो ।

यो अवधिमा संकलन भएका बीमा प्रिमियम रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३०.९ प्रतिशतले वृद्धि भएर १ खर्ब २ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो रकम ७८ अर्ब २५ करोड रुपैयाँ रहेको थियो ।

यो अवधिमा बीमा प्रिमियम संकलन जीवन बीमाले ८०.३ र निर्जीबनको १९.७ प्रतिशत रहेको छ । फागुन मसान्तसम्म वैदेशिक रोजगार बीमालेख समेत समावेश गर्दा बीमाको दायरा २५.८ प्रतिशत रहेको छ । अघिल्लो वर्ष २२.९ प्रतिशत रहेको थियो ।

वि.सं.२०७७ चैत ३० सोमवार १७:४१ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...