back
NMB ad

आधा दर्जन बैंकको ब्याजदर सार्वजनिक, कुन महंगो, कुन सस्तो ?

Kumari bank ad

काठमाडौं । अहिले वाणिज्य बैंकहरुले धमाधम आगामी महिनाको ब्याजदर सार्वजनिक गरिरहेका छन् । आजै पनि विभिन्न आधा दर्जन बैंकहरुले बैशाख महिनाको ब्याजदर सार्वजनिक गरेका छन् ।

राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार आगामी महिनाको ब्याजदर यही महिनाको मसान्तसम्म सार्वजनिक गरिसक्नुपर्ने छ । जसले गर्दा बैंकहरुले वैशाखको ब्याजदर सार्वजनिक गरेका हुन् ।

कुमारी बैंकको मुद्दति निक्षेपमा ६.५० देखि ७.२५ प्रतिशतसम्म ब्याजदर रहेको छ । बैंकको व्यक्तिगत तर्फ ७.२५ र संस्थागत तर्फ ३ महिना भन्दा बढीको लागि ७.५३ प्रतिशत रहेको छ । १ देखि १० वर्षसम्मको मुद्धति निक्षेपमा १०.५० र ५ वर्ष भन्दा बढी अवधिको लागि ११ प्रतिशत ब्याज पाइने छ । हाल बैंकको बचत तर्फ न्यूनतम १.७५ देखि अधिकतम २.५३ प्रतिशतसम्म रहेको छ । फागुनसम्म बैंकको बेस रेट ७.३५ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा १४.३५ प्रतिशतसम्म ब्याज लाग्ने छ ।

यस्तै एनसीसी बैंकले पनि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकको मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ३ देखि १८ महिनासम्मको ७, १८ महिना देदिख २ वर्षसम्मको २ वर्ष भन्दा बढी अवधिको लागि ८ प्रतिशत रहेको छ भने संस्थागत तर्फ ६ देखि ७ प्रतिशत रहेको छ ।
बचतमा २.५० देखि ५ प्रतिशतसम्म रहेको छ । पुस मसान्तसम्म बैंकको बेसरेट ७.९४ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा १२.९४ प्रतिशतम्म ब्याज लाग्ने छ । बैंकले होम, हायर पर्चेज, भेहिकल, शैक्षिक धितोकर्जा लगायतमा फिक्स ब्याजदर समेत कायम रहेको छ ।

यस्तै सिद्धार्थ बैंकले पनि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकको मुद्दति निक्षेपमा संस्थागत रुपमा ७ प्रतिशत रहेको छ भने व्यक्तिगत रुपमा ६.५ देखि ७ प्रतिशतसम्म रहेको छ । यस्तै बचतमा न्यूनतम २ देखि ४ प्रतिशतसम्म ब्याज पाइने छ । फागुन मसान्तसम्म बैंकको आधारदर ६.९३ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा ११.९३ प्रतिशतसम्म ब्याज लाग्ने छ ।

नेपाल एसबीआई बैंकले पनि वैशाख महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक भएको छ । बैंकको मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ३ देखि ७.५० प्रतिशतसम्म ब्याज पाइने छ भने संस्थागत रुपमा ३ देखि ८ प्रतिशतसम्म ब्याज पाइने छ । यता बचततर्फ ०.०५ देखि ३ प्रतिशतसम्म रहेको छ । फागुन मसान्तसम्म बैंकको आधारदर ७.३२ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा १२.३२ प्रतिशतसम्म ब्याज लाग्ने छ ।

सनराइज बैंकले पनि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकको मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ७ प्रतिशत र संस्थागत तर्फ ६.५० र ७ प्रतिशत रहेको छ । फागुन मसान्तसम्म बैंकको आधारदर ७.१२ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा १३.१२ प्रतिशत ब्याज लाग्ने छ ।

चैत मसान्तमा स्टयान्डर्ड चार्टर्ड बैंकले पनि आगामी महिनाको ब्याजदर सार्वजनिक गरेको छ । बैंकले मुद्दति निक्षेपमा विभिन्न अवधिको लागि फरक फरक ब्याजदर दिने जनाएको छ । बैंकका अनुसार व्यक्तिगत तर्फ ४.५ देखि ६ प्रतिशतसम्म रहेको छ भने संस्थागत तर्फ ३ देखि ५.२५ प्रतिशतसम्म रहेको छ । पुस मसान्तसम्म बैंकको आधारदर ६.०७ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा १२.०७ प्रतिशतसम्म ब्याज लाग्ने छ ।

वि.सं.२०७७ चैत ३१ मंगलवार १४:०७ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंक र क्लियरिङ हाउसबीच सम्झौता

नेपाल एसबिआई बैंक र क्लियरिङ हाउसबीच सम्झौता

वि.सं.२०८१ जेठ १४ सोमवार २१:३३

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले नेपाल र भारत बीचको...

गणतन्त्रपछिको अर्थतन्त्र : सूचक सुध्रिए, सुल्झिएनन् समस्या   

गणतन्त्रपछिको अर्थतन्त्र : सूचक सुध्रिए, सुल्झिएनन् समस्या   

वि.सं.२०८१ जेठ १४ सोमवार २१:२५

हेमन्त जोशी  काठमाडौँ, १४ जेठ : मुलुकमा गणतन्त्र स्थापना पछिको...

अत्यधिक गर्मीका कारण तीनदिन विद्यालय बन्द   

अत्यधिक गर्मीका कारण तीनदिन विद्यालय बन्द   

वि.सं.२०८१ जेठ १४ सोमवार २१:१६

बर्दिया, १४ जेठ : बर्दियामा अत्यधिक गर्मीका यहाँका तीन पालिकाले...

अध्यक्ष सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न आदेश   

अध्यक्ष सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न आदेश   

वि.सं.२०८१ जेठ १४ सोमवार २१:११

जनकपुरधाम, १४ जेठ : जिल्ला अदालत धनुषाले नागरिकतासम्बन्धी कसुर मुद्दामा...

एनआईसी एशिया बैंकको मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा आफ्नै भवनमा

एनआईसी एशिया बैंकको मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा आफ्नै भवनमा

वि.सं.२०८१ जेठ १४ सोमवार १७:३१

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो मधेश प्रादेशिक कार्यालय र...

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

वि.सं.२०८१ जेठ १४ सोमवार १६:४०

काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै...