back
NMB ad

गैर आवासीय नेपालीलाई नेपालमै लगानी बढाउन प्रधानमन्त्रीको आह्वान

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी गर्न गैर आवासीय नेपालीहरुलाई आह्वान गर्नुभएको छ ।

नेपालमा अहिले कायम भएको शान्तिपूर्ण र अनुकुल ब्यावसायिक वातावरणको सदुपयोग गर्दै नेपालमा लगानी गर्न र वैदेशिक लगानी भित्र्याउन आग्रह गर्नुभएको छ ।

नववर्ष २०७८ का अवसरमा विभिन्न देशमा रहेका नेपालीहरुलाई जुममार्फत सम्बोधन गर्दै यस्तो आह्वान गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले ठूला आयोजनाका लागि संयुक्त लगानी नेपालमा मै गर्नु उपयोगी हुने सन्देश विदेशीसम्म पुर्याउन आग्रह गर्नुभयो । ‘नेपालमा मजदुर र रोजगारदाता मिलेर समस्या सम्बोधन गरिन्छ र हड्ताल हुने अवस्था छैन भन्ने सन्देश आफूरहेको देशका लगानीकर्ताहरुलाई पुर्याइदिनुहोस्’, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले गैर आवासिय नेपालीले राजनीतिक अधिकार बाहेक सबै हक अधिकार समान ढंगले पाउने समेत बताउनुभयो । ‘तपाईहरुले विदेशको नागरिकता लिनुभएको छैन भने स्वदेशमा राजनीतिक अधिकारसमेत पाइन्छ’ उहाँले भन्नुभयो ।

आफू बसेको देश वा जन्मभूमि नेपालमध्ये कहाँको नागरिकता लिने भन्नेमा छनौट गर्ने अधिकार सम्बन्धित व्यक्तिकै रहेको धारणा पनि उहाँको थियो । अमेरिकाकी उपराष्ट्रपति जस्तै आफु पुगेको देशको उच्च ओहोदामा पुग्नसक्ने कुरासम्बन्धी प्रसंगमा प्रधानमन्त्रीले भन्नुभयो, यसतर्फ जाने हो भने पनि शुभकामना छ, त्यसका लागि नेपालीहरुले अवश्य सहयोग पु¥याउने छन्, प्रधानमन्त्रीले भन्नुभयो ।

नेपाली जनता देश भित्र वा बाहिर जहाँ भए पनि सरकारले फरक भावनाले नहेर्नसमेत प्रधानमन्त्रीले बताउनुभयो । ‘वर्तमान सरकार नेपाली डायस्पोराप्रति अत्यन्त प्रेम भाव र सहयोगी भाव राख्तछ र नेपाली हुनुको गौरव कायम रहोस् भन्ने चाहन्छ’, प्रधानमन्त्रीको भनाई छ ।

वि.सं.२०७८ वैशाख २ बिहीवार १२:१८ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३५

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई...

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३०

रञ्जिता अधिकारी देउखुरी (दाङ), १८ वैशाख : २०८१ वैशाख १६...

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:१३

काठमाडौँ, १८ वैशाखः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो...

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...