back
NMB ad

करदाता सचेतना अभियानः काठमाडौँ महानगरपालिका सडक नाटक देखाउँदै

Kumari bank ad

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले करदाता सचेतना अभियानलाई प्रभावकारी बनाउन आजबाट ‘सडक नाटक’ सुरु गर्ने भएको छ । पहिलो चरणमा काठमाडौँ क्षेत्र भित्रका १० स्थानमा सडक नाटक देखाउने तयारी भएकोे काठमाडौँ महानगरपालिका राजस्व विभागका प्रमुख डाक्टर शिवराज अधिकारीले जानकारी दिनुभयो ।

‘करदातालाई दबाब दिएर होइन सकारात्मक सन्देशसहित कर तिर्ने वातावरण सिर्जना होस भन्ने हेतूले काठमाडौँ महानगरपालिकाले करदाता सचेतना अभियानलाई प्रभावकारी बनाउन आनासुकी घरबेटी बा ‘सडक नाटक’ सुरु गर्न लागेको हो,’ अधिकारीले भन्नुभयो, ‘पहिलो चरणमा हामी काठमाडौँ क्षेत्र भित्रका वसन्तपुर, कालिमाटी, कलंकी, चावहिल, गौसाला, नयाँबानेश्वरलगायतका विभिन्न १० स्थानमा सचेतनासहित सडक नाटक गर्छौ । प्रभावकारी भयो भने स्थानहरु थप गर्ने तयारी छ ।’

अधिकारीले कोभिडका कारण चालु आर्थिक वर्षमा राजस्व संकलनको प्रक्षेपण नै कम गरेको भन्दै प्रक्षेपण अनुरुप कर संकलन गर्ने उद्देश्यले यस्तो अभियान सञ्चालन गरेको जानकारी दिनुभयो । ‘यस्तो महामारीका बेला करदातालाई दबाब दिने भन्दा पनि सचेतनामुलक अभियान सञ्चालन गरेर राजस्व असुली गर्ने उदेश्य अनुरुप यसो गरेका हौँ,’ उहाँले भन्नुभयो, ‘हामीले यस अघि पनि आर्थिक कारोबार बढी हुने क्षेत्रका बजारको अनुगमन गरेका थियौँ । कर तिर्नेलाई धन्यवादपत्र र नतिर्नेलाई के–कारणले कर तिर्न सम्भव भएन भनी जानकारी गराउन सबै विवरणसहित विभागमा हाजिर हुने पत्र थमाएका थियौँ ।’

विभागका प्रमुख अधिकारीले करदातालाई जागरुक बनाउन काठमाडौँ महानगरपालिकाले इतिहासमै पहिलो पटक ‘सडक नाटक’ अभियान सञ्चालन गरेको जानकारी दिनुभयो । ‘नाटक करीब २० मिनेटको हुन्छ । पहिलो चरणमा आर्थिक कारोबार बढी हुने क्षेत्रका बजारमा नाटक देखाउछौँ,’ उहाँले भन्नुभयो, ‘हामीले नाटकमा करदातलाई जागरुक गराउन र तपाईँहरुले राज्यलाई तिर्ने करको सदुपयोग कसरी हुन्छ भन्ने देखाउन प्रहशनको पनि व्यवस्था गरेका छौँ ।’

उहाँले कोभिडका कारण यो वर्ष व्यवसाय करमा २० प्रतिशत र होटल, मनोरञ्जनसँगै पर्यटनसँग सम्वन्धित क्षेत्रलाई ५० प्रतिशत छुट दिएको जानकारी दिनुभयो । ‘होटल, मनोरञ्जनसँगै पर्यटनसँग सम्वन्धित क्षेत्रलाई हामीले असारसम्म नै छुट दिएका छौँ,’ उहाँले भन्नुभयो, ‘सम्पत्ति करमा १० प्रतिशत छुट दिएका छौँ । त्यो चैत मसान्तासम्म मात्रै हो । सम्पत्ति करमा पनि होटललाई असारसम्म ७५ प्रतिशत छुट दिएका छौँ ।’ उहाँले बहाल करमा कोभिडका बेला एक महिना घरभाडा छुट दिएका घरधनीलाई असारसम्म करमा १० प्रतिशत छुट दिएको पनि जानकारी दिनुभयो ।

वि.सं.२०७८ वैशाख ३ शुक्रवार १३:४१ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३५

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई...

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३०

रञ्जिता अधिकारी देउखुरी (दाङ), १८ वैशाख : २०८१ वैशाख १६...

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:१३

काठमाडौँ, १८ वैशाखः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो...

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...