back
NMB ad

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपमा ‘कष्टमर केयर’ सेवा, यस्ता छन् सुविधाहरु

Kumari bank ad

काठमाडौं । एनआईसी एशिया बैंकले मोबाइल बैंकिङ्ग एपमा ‘कष्टमर केयर’ सेवा उपलब्ध गराएको छ ।

डिजिटल बैंकिङ्गमा अग्रणी स्थानमा रहि नविनतमप्रविधिद्वारा सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको यस बैंकले आफ्नो मोबाइल बैंकिङ्ग एपमा सहज डिजिटल कारोबारको अलावा पृथक एवं ग्राहकमैत्री सेवाको लागि उक्त सेवाको सुरुवात गरेको हो ।

‘डिजिटल फस्ट बैंक’बन्ने दीर्घकालीन रणनीति अनुरुप आफ्ना सेवातथा सुविधाहरूलाई डिजिटल मैत्री बनाउने क्रममा बैंकले कष्टमर केयरबाट डिजिटल बैंकिङ्ग प्रवर्द्धनमा समेत ठोस टेवा पुग्ने अपेक्षा लिएको छ ।

बैंकको मोबाइल एपभित्र रहेको उक्त कष्टमर केयर आइकनमा ट्याप गरेपश्चात् विभिन्न सेवाहरु उपलब्ध हुने छन् ।

च्याटबट : मोबाइल बैंकिङ्ग एपभित्र रहेको यस सुविधा भित्र ग्राहकहरूले बैंकको अनलाईन सेवाहरू (ईन्टरनेट/मोबाइल/भाइबर/मिस्डकल बैंकिङ्ग तथा क्यूआर मर्चेन्ट भुक्तानी), विदेशीविनिमय दर, गुनासो, अलाइनएप्लिकेसन, बैंकिङ्ग समय, जस्ता विषयमा जानकारी पाउनको लागि सोझै च्याटमार्फत सजिलै प्राप्त गर्न सकिने छ ।

बैंकको प्रतिनिधिसँग सिधा सम्पर्क : यसमार्फत बैंकबाट उपलब्ध हुने कार्ड, डिम्याट, मेरो शेयर, कर्जा, अनलाईन खाता, रेमिट्यान्स लगायतका सेवाका बारेमा बैंकका सम्बन्धित कर्मचारीलाई नै सिधै फोन गरेर आफ्नो जिज्ञासा वा गुनासो गर्न तथा सेवा बारे थपजानकारी प्राप्त गर्न सक्ने व्यवस्था रहेको छ ।

गुनासो टिकट : ग्राहकहरूले आफ्नो जिज्ञासा तथा गुनासोलाई टिकट मार्फत दर्ता गर्न सक्नुहुनेछ र आफ्नो जिज्ञासा तथा गुनासो समाधानको अवस्थाको रियल टाइम ट्र्याकिङसमेत सजिलै गर्न सकिनेछ ।

Video Tutorial : बैंकका डिजिटल सेवाहरूको प्रयोग गर्ने तरिका बारे तयार गरिएको जानकारी मुलक भिडियो सामग्रीहरू समेत ग्राहकहरूले हेरी डिजिटल सेवाहरू आफै उपभोग गर्न सकिनेछ ।

ईमेल सुविधाः कष्टमर केयर भित्र रहेको ईमेल आइकनमा क्लिक गरी बैंकलाई सिधै ईमेल पठाउन सक्ने व्यवस्था समेत रहेको छ ।

FAQs:  बैंकका सेवा तथा सुविधाबारे धेरै सोधिने प्रश्नहरू तथा तिनका उत्तरहरू अध्ययन गरेर ग्राहकहरूले आफ्नो जिज्ञासा मेटाउन समेत सक्नुहुनेछ ।

ग्राहकहरूले जुनसुकै स्थानबाट र जुनसुकै समयमा आफ्नो मोबाइल प्रयोग गरी यस बैंकका सेवा सम्बन्धी जानकारी लिन, गुनासो एवं आफ्नो बैंकिङ्ग आवश्यकतालाई हरसम्भव बैंक समक्ष पु¥याउन यो सुरुवात निकै प्रभावकारी हुनुका साथै सन्तुष्टि वृद्धि गर्ने बैंकले विश्वास लिएको छ ।

वि.सं.२०७८ वैशाख ५ आइतवार १८:०२ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...