back
NMB ad

३८ प्रतिशतले बढ्यो ज्योति विकास बैंकको नाफा, यस्तो छ वित्तीय अवस्था

Kumari bank ad

काठमाडौं । ज्योति विकास बैंकले तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार तेस्रो त्रैमाससम्म ६० करोड २५ लाख रुयैयाँ खुद नाफा कमाएको छ ।

गत वर्षको यसै अवधिको तुलनामा ३८.१८ प्रतिशतले खुद नाफामा वृद्धि गरेको छ । गत वर्ष बैंकले ४३ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैकको जगेडा कोषमा ८५ करोड २१ लाख रुपैयाँ रहेको छ । तेस्रो त्रैमासम्ममा बैंकले चुक्ता पूँजी ३ अर्ब ८४ करोड ४८ लाख पुर्याएको छ ।

त्यसैगरि बैंकले खराव कर्जा पनि घटाएको छ । गत वर्ष शून्य दशमलव ७६ प्रतिशत रहको खराज कर्जालाई घटाएर शून्य दशमलव ५८ मा झारेको छ । यस अवधिमा बैंकको वितरण योग्य नाफा ४३ करोड ३१ लाख ४० हजार रुपैयाँ रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी पनि वृद्धि भएको छ । गत वर्षको १६ रुपैयाँ ६३ पैसा रहेकोमा यस त्रैमासम्म आउँदा २० रुपैयाँ ८९ पैसा पुगेको छ । यस त्रैमासम्म प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ५३ पैसा पुगेको छ । भने अघिल्लो वर्षको यसै अवधिमा १२६ रुपैयाँ ३८ पैसा थियो ।

वि.सं.२०७८ वैशाख ९ बिहीवार १३:३५ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...