back
NMB ad

एनआइसी एसिया लघुवित्तको नाफामा छलाङ, खराब कर्जा भने बढ्यो !

Kumari bank ad

काठमाडौं । एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको नाफामा उल्लेख्य सुधार आएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आईपुग्दा संस्थाको नाफामा छलाङ आएको छ ।

संस्थाले प्रकाशित गरेको वित्तीय अवस्था अनुसार गत आवको तेस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा संस्थाको नाफा २४७.९३ प्रतिशतले बढेको छ । गत आवको तेस्रो त्रैमासमा १२ करोड २७ लाख ८४ हजार रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा आईपुग्दा २४७.९३ प्रतिशतले बढेर ४२ करोड ७२ लाख ४ हजार रुपैयाँ पुगेको छ ।

यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी ९२ करोड ९८ लाख १८ हजार रुपैयाँ रहेको छ । यस्तै सञ्चालन मुनाफा ६२ करोड ४० लाख १३ हजार रुपैयाँ रहेको छ । १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ७९ करोड ५३ लाख २ हजार रुपैयाँ रहेको छ । संस्थाले १५ अर्ब ८८ करोड ४२ लाख २८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

यो अवधिमा संस्थाको खराब कर्जा ०.३२ प्रतिशतबाट बढेर १.४९७ प्रतिशत पुगेको छ । ३२ रुपैयाँ ७५ पैसा प्रतिसेयर आम्दानी (वार्षिक) रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ७२ पैसा रहेको छ । स्वदेशी लघुवित्त वित्तीय संस्थासँग भएको मर्जरपछि संस्थाको वित्तीय सुधार निकै बलियो देखिएको छ ।

वि.सं.२०७८ वैशाख ९ बिहीवार १४:५० मा प्रकाशित

You can share this post!

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...