back
NMB ad

लोकतन्त्र दिवसकै दिन उठ्यो भिमसेन स्तभ्म ‘धरहरा’ : नेपाल अब दाता मुलुकको रुपमा अघि बढ्छः प्रभ ओली

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहास झल्कने आधुनिक टल्किने खालको धरहरा बनेको बताउनु भएको छ । पुनर्निर्मित धरहराको उद्घाटन गर्दै यस्तो बताउनु भएको हो ।

प्रधानमन्त्री ओलीले अब नेपाल दाता मुलुकको रुपमा अघि बढनु पर्ने समेत बताउनु भएको छ । ‘नेपाली भनेको दान गर्ने हो, भिखारी होइन’उहाँले भन्नुभयो ‘अब देशलाई दाता राष्ट्रको रुपमा माथी उठाइने छ ।’ अहिले दाता कहाँ पाइएला भनेर खोज्नु परेपनि नेपालमा भएको, भौगोलिक, जैविक विविधता, पर्यटन लगायतका कुराको सदुपयोग गरेर नेपाल दाता राष्ट्रको रुपमा अग्रसर भएर आउने बताउनुभयो ।

रासायनीक मल, विद्युतीय गाडि, मेसिनरी सामान आफ्नै देशमा बनाउने बताउनुभयो । नेपालमा प्रयोग हुने भएको कारण मोबाइल, टिभी कम्प्युटर उपभोग मात्रै भएको भन्दै अब उत्पादन पनि गर्ने बताउनु भयो । यो स्थिती अन्त्य गर्न सरकार लागपरेको धारणा राख्नुभयो ।

६२.८८ मिटरको ठाँउमा अहिले ८६.८५ मिटरको धरहरा बनेको छ । पहिलाको भन्दा अहिले २३.९७ मिटर अग्लो धरहरा बनेको छ । धरहरा भूमिगतसहित २५ तलाको रहेको छ । यसको लागत ५ अर्ब ७६ करोडको अनुमान गरिएको थियो । तर यसको कुल ठेक्का रकम ३ अर्ब ४८ करोड रहेको छ ।

धरहरामा परेर निधन भएका परिवारलाई प्राथमिकताका साथ रोजगारी उपलब्ध गराउनु २०७८ साल भित्र सडक बालबालिका, भिखारी मुक्त, सडक मानिस मुक्त सहर बनाउने घोषणा गर्नु भएको छ । उहाँले यस्ता मानिसको लागि अभिभावकको रुपमा सरकार रहेको समेत जानकारी गराउनुभयो ।

उहाँले आज नै विरेन्द्र सैनिक अस्पतालमा ७५० बेडको ६ हजारसम्मलाई उपचार गर्न सक्ने अस्पतालको आजै उद्घाटन गरेको स्मरण गराउनुभयो ।

काठमाडौंमा १७ हजार लिटर पानी आउने गरेको छ । सबै ठाँउमा ल्याउन धेरै मेहनत लाग्ने उहाँका भनाई छ । मेलम्चीको पानीले पाइप फटदैन भयावह हुँदैन डराउनु पर्दैन । प्रम ओलीले आजको खुसीको दिनमा घरघरमा दिपावली गर्न समेत आग्रह गर्नुभयो । कार्यक्रममा प्रम ओलीले काठमाडौंलाई विश्वका मानिस आउँ आउँ लाग्ने खालको बनाउने बताउनु भयो ।

यो धरहरामा २ वटा लिफट र फलामे भर्याङ रहेको छ । २०७५ पुस १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको यो धरहराको आज (लोकतन्त्र दिवस)का दिन उद्घाटन भएको छ । यहाँ ४ सय गाडि र ७ सय मोटरसाइकल पार्किङ गर्न सकिने व्यवस्था रहेको छ । सुन्धारामा २४ सैं घन्टा पानी झर्ने व्यवस्था मिलाईएको छ ।

धरहरामा एक पटकमा १० जनाले यात्रा गर्ने, वृद्ध,वृद्धा अपाङग पनि जान सक्ने । तीन तले पार्किङ, संग्रहालय समेत रहेको छ । १८८२ मा बनेको धरहरा २०७२ वैशाख १२ मा गएको भूकम्पका कारण पूर्ण रुपमा ध्वस्त भएको थियो । त्यहाँ बाँकी रहेको भाग शिसाले घेरेर राख्ने बताइएको छ । धरहरा निर्माण गर्न जनताको २४ करोड सहयोग जुटेको छ ।

वि.सं.२०७८ वैशाख ११ शनिवार १२:५७ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३५

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई...

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३०

रञ्जिता अधिकारी देउखुरी (दाङ), १८ वैशाख : २०८१ वैशाख १६...

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:१३

काठमाडौँ, १८ वैशाखः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो...

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...