back
NMB ad

महानगरपालिकाले वटाका भवन बनाउन जग्गा पाएन, भवन खरिद गर्ने तयारी

Kumari bank ad

काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वडा ३ को नवनिर्मित कार्यालय भवन उद्घाटन गर्नुभएको छ ।

उहाँले वडाको तल्लो तलामा सञ्चालन थालिएको ‘कोसेली घर’ र कान्ति सांस्कृतिक केन्द्रको हातामा निर्माण भएको बाल उद्यानको समेत उद्घाटन गर्नुभएको छ । बाल उद्यान करीब १० लाख लागतमा निर्माण भएको हो ।

उहाँले वडा कार्यालय (सेवा केन्द्र) लाई व्यवस्थित गर्न आफ्नै भवनबाट सेवा दिने महानगरको योजना कार्यान्वयनको अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । हामीले नवनिर्माण, पुनर्निर्माण गरेर वडाको आफ्नै भवन बनाउँदैछौँ । केही वडाका लागि जग्गा किन्नु पर्ने छ । ‘केही वडाका लागि जग्गा नभेटिएपछि भवन नै खरिद गर्नु पर्ने भएको छ’ उहाँले भन्नुभयो ‘यसका लागि हामीले बजेटको व्यवस्था गरेका छौँ ।’ प्रमुख शाक्यले योजना कार्यान्वयनको अवस्था सुनाउँदै आफ्नो कार्यकालमा सबै वडालाई आफ्नै भवनमा राख्ने बताउनुभयो ।

कार्यक्रममा प्रदेश सभा सदस्य दीपक निरौलाले वडा कार्यालयको समृद्ध भौतिक संरचना, संघीयताको बलियो जग रहको उल्लेख गर्नुभयो । यो कामले नागरिकका अधिकांश काम वडाबाटै हुने र यी सेवा दिन पर्याप्त भौतिक संरचना आवश्यक रहेको बताउनुभयो । वडामा खोलिएको ‘कोसेली घर’ स्थानीय महिला उद्यमीका लागि खुशीको खवर हो ।

कार्यक्रममा महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले, सामान उत्पादन गर्ने सीप र जाँगर भएका महिलाहरुले घरमा उत्पादन गरेका सामान बिक्री गरेर आय गर्ने ठाउँ पाएको उल्लेख गर्नुभयो ।

सेवा लिन आउने नागरिकलाई सहजता महसुस गराउनु, आपत् विपद्का समयमा आश्रय उपलब्ध हुने ठाउँ (सार्वजनिक) को सुरक्षा गर्नु आफ्नो दायित्व भएको उहाँको भनाइ छ ।

कार्यक्रममा वडाध्यक्ष दीपक के. सी. ले वडा भवनलाई नागरिकको भवन मान्नु पर्ने धारणा राख्नुभयो । तीनतले वडा भवनको भुइँ तलामा ४ वटा चारपाङ्ग्रे र १५ वटा दुई पाङ्ग्रे सवारी साधनको पार्किङ् क्षमता छ । भवन लिफ्ट, भ¥याङ् र बैठक कक्षसहितको छ । भवनको माथिल्लो तलामा ६० जना क्षमताको बैठक कक्ष छ । पुरानो भवनसँगै जोडेर बनाइएको कार्यालयको प्रशासनिक काम पुरानो भवनका कोठाबाट र सेवा प्रवाहका काम नयाँ भवनका कोठाबाट सञ्चालन हुनेछन् ।

भ्याटसहित करिब २ करोड ७० लाख ३५ हजार रुपैयाँमा भवन निर्माण भएको हो । नयाँ निर्माणअन्तर्गत वडा ३ सँगै ४, ९ र २६ को भवन उद्घाटन भइसकेका छ । वडा १४ निर्माण सम्पन्न भइसकेको छ भने उद्घाटन हुन बाँकी छ । वडा ६ र २२ निर्माणको अन्तिम चरणमा छन् । वडा २, ३१, १२ र २१ निर्माणाधीन अवस्थामा छन् । वडा १६ र २० बोलपत्र मुल्याङ्कनको अन्तिम चरणमा छन् । यसै गरी वडा ७, १०, ११, १५, ३२ लगायतका केही वडाहरुको तला थप गरेर काम गर्ने ठाउँ बढाइएको छ ।

वि.सं.२०७८ वैशाख १२ आइतवार १४:०८ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...