back
NMB ad

कोरोना आतंक : वैशाखमा निक्षेप संकलन घट्यो, सेयर बजारमा कस्तो पर्ला असर ?

Kumari bank ad

काठमाडौं । बैशाखमा वाणिज्य बैंकहरुको निक्षेप संकलन २२ अर्ब रुपैयाँले घटेको छ । नेपाल बैंकर्स संघका अनुसार १० दिनको अवधिमा बैंकको निक्षेप संकलन २२ अर्ब रुपैयाँले घटेको हो ।

चैत अन्तिममा बैंकहरुले ३९ खर्ब ४४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । वैशाख १० गतेसम्म आईपुग्दा वाणिज्य बैंकहरुले ३९ खर्ब २२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् ।
बैंकहरुको निक्षेप संकलन घटेपनि कर्जा लगानी भने केही बढेको छ । चैत मसान्तको तुलनामा वैशाख ३ गतेसम्म आईपुग्दा कर्जा लगानी घटेपनि वैशाख १० सम्म आइपुग्दा केही बढेको छ ।
चैत मसान्तमा ३५ खर्ब ७३ अर्ब कर्जा लगानी गरेका बैंकहरुले वैशाख १० सम्म आईपुग्दा ३५ खर्ब ८३ अर्ब रुपैयाँ कर्जा लगानी भएको बैंकर्स संघले जनाएको छ ।

पछिल्लो समय उपत्यका सहित देशब्यापी रुपमा कोरोनाको बढेसँगै बैंकमा आउने पैसा घटेको छ । कर्जा लगानी थोरै बढेको छ । चैत भन्दा अघि बैंकहरुको कर्जा लगानी निक्षेप संकलनको तुलनामा बढी हुने गरेको थियो ।

पछिल्लो समयमा कोरोना भयावह हुँदै गएपछि बैंकबाट जाने कर्जामा निकै संकुचन आउन थालेको छ । यअसघि पनि कोरोना भयावह हुँदै जाँदा कर्जा लगानीका क्षेत्र खुम्चदाँ अधिकांश कर्जा सेयर बजारमा गएको थियो । अब पनि कोरोना भयावह बन्दै गयो भने अन्य क्षेत्रमा जाने कर्जा न्यून हुने र सेयर धितोमा जाने कर्जा बढ्न सक्ने आंकलन पनि जानकारहरुको रहेको छ ।

वि.सं.२०७८ वैशाख १३ सोमवार १३:४३ मा प्रकाशित

You can share this post!

क्रुज जहाज मार्फत चीन प्रवेश गर्ने पर्यटकलाई भिसा–मुक्त प्रवेश अनुमति   

क्रुज जहाज मार्फत चीन प्रवेश गर्ने पर्यटकलाई भिसा–मुक्त प्रवेश अनुमति   

वि.सं.२०८१ जेठ २ बुधवार १२:५५

बेइजिङ, २ जेठ : चीनले बुधबार समुद्री तटमा रहेका सबै...

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर   

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर   

वि.सं.२०८१ जेठ २ बुधवार ११:२४

वीरगञ्ज (पर्सा), २ जेठः मधेस प्रदेशका ९० दशमलव ६ प्रतिशत...

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री   

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ २ बुधवार ११:१५

काठमाडौँ, २ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी प्रक्रियालाई सरलीकृत...

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ २ बुधवार १०:४२

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउ बढेको छ...

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड, कट आफ प्राइस कति ?

अरुण भ्याली हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड, कट आफ प्राइस कति ?

वि.सं.२०८१ जेठ २ बुधवार १०:३५

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल   

संसद्को अवरोध हटाउन प्रधानमन्त्री र सभामुखबीच छलफल   

वि.सं.२०८१ जेठ २ बुधवार १०:२६

काठमाडौँ, २ जेठः सङ्घीय संसद्का दुवै सदनमा उत्पन्न गतिरोध अन्त्य...