back
NMB ad

प्रभु लाइफको लोभलाग्दो नाफा : १४८ प्रतिशतले वृद्धि हुँदा कस्ता छन् अन्य सूचक ? (विवरणसहित)

Kumari bank ad

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १३ करोड ७८ लाख ३८ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीले बिहीवार सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

चालु आवको तेस्रो त्रैमासमा कम्पनीको नाफा १४८.३३ प्रतिशतले बढेको हो । गत वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ५५ लाख ४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस वर्ष कम्पनीको कुल बीमा शुल्क आर्जन रकम १ अर्ब १३ करोड ९ लाख ९४ हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिको तुलनमा कुल बीमा शुल्क आर्जन ११७.०४ प्रतिशतले बढी हो । गत वर्ष ५२ करोड १० लाख ९५ हजार रुपैयाँ शुल्क आर्जन गरेको थियो ।

कम्पनीको यस वर्ष कुल दावी भुक्तानी रकम ५३ लाख रुपैयाँ रहेको छ । भुक्तानी हुन बाँकी दावी रकम ७५ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको चुक्तापूँजी २ अर्ब रुपैयाँ पुगेको छ । कम्पनीको जगेडा कोष रकम पनि यसवर्ष १३० प्रतिशत बढेर ३६ करोड ६० लाख ६४ हजार रुपैयाँ रहेको छ ।

जीवन बीमा कोष रकम १ अर्ब ७६ करोड ५८ लाख २ हजार रुपैयाँ पुगेको छ । कम्पनीले महाविपत्ती जगेडामा २ करोड २७ लाख ७१ हजार रुपैयाँ राखेको छ ।

तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ १९ पैसा र प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ३० पैसा रहेको छ ।

वि.सं.२०७८ वैशाख २३ बिहीवार ०९:२६ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३५

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई...

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३०

रञ्जिता अधिकारी देउखुरी (दाङ), १८ वैशाख : २०८१ वैशाख १६...

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:१३

काठमाडौँ, १८ वैशाखः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो...

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...