back
NMB ad

७४% ले बढ्यो अजोड इन्स्योरेन्सको नाफा : करिब ४४ करोड दाबी भुक्तानी हुन बाँकी, अन्य सूचक कस्ता ?

Kumari bank ad

काठमाडौं । अजोड इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले तेस्रो त्रैमासमा ६ करोड ११ लाख ६ हजार रुपैयाँ नाफा कमाएको छ ।

जुन गत आवको सोही अवधिको तुलनामा ७४.०७४ प्रतिशतले बढी हो । गत वर्ष कम्पनीले ३ करोड ५१ लाख ४५ हजार नाफा कमाएको थियो ।

चैतमसान्तसम्म कम्पनीले १ अर्ब २ करोड ४१ लाख ९१ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिको तुलनामा ६८.९० प्रतिशतले बढी हो ।

गत वर्ष कम्पनीले ६० करोड ६३ लाख १२ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । जारी बीमालेखको संख्या १ लाख ५ हजार ९० रहेको छ । नवीकरण गरिएको बीमालेखको संख्या ९ हजार ९७ रहेको छ ।

चालु आवको तेस्रो त्रैमाससम्म कम्पनीले ५० करोड २९ लाख ९५ हजार रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । भुक्तानी हुन् बाँकी रकम भने ४३ करोड ९३ लाख ५० करोड रुपैयाँ रहेको छ ।

कम्पनीको चुक्तापूँजी १ अर्ब पुगेको छ । जगेडा तथा कोषमा ७ करोडव ५५ लाख १५ हजार रुपैयाँ रहेको छ । बीमा कोषमा ९ करोड २९ लाख २५ हजार रुपैयाँ, महा विपत्ती जगेडामा ८३ लाख ९० हजार रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ १५ पैसा, प्रतिसेयर नेटवर्थ ११७ रुपैयाँ ६८ पैसा रहेको छ ।

वि.सं.२०७८ वैशाख २६ आइतवार १०:३२ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...