back
NMB ad

नीति तथा कार्यक्रम, बजेट ल्याउने बेलामा विश्वासको मत लिन खोज्नु नाटक हो: प्रचण्ड

Kumari bank ad

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट, नीति तथा कार्यक्रम ल्याउने बेलामा नियमित संसद बोलाएर त्यही विश्वासको मत लिन खोज्नु पर्नेमा अहिले विश्वासको मत लिन खोज्नु नाटक जस्तै भएको बताउनु भएको छ ।

प्रतिनिधि सभाको बैठकमा उहाँले यस्तो बताउनु भएको हो । प्रचण्डले सरकारले बालुवाटार बसेर शिलान्यास गरेको तर त्यसको लागि बजेट भौतिंक पूर्वाधार नरहेको जानकारी गराउनु भयो । प्रम ओलीले १२ वटा स्मार्ट सिटी बनाउने भनेपनि प्रचण्डको ठाँउमा बनाउनु हुँदैन भनेर चीतवनमा बनाउन नदिएको आरोप लगाउनु भयो ।

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय समस्या भएको आरोप लगाउनु भएको छ । प्रतिनिधि सभाको बैठकमा उहाँले भन्नुभयो ‘म राष्ट्रिय समस्या हो की तपाई हो आउनु छलफल गरौं ।’

उहाँले प्रम ओलीलाई आफूले कुन कार्यक्रमलाई कहाँ, कसरी असहयोग गरेको भनेर प्रश्न समेत गर्नुभएको छ ? उहाँले ओलीलाई प्रम बनाउन समर्थन गर्नु नै आफू समस्या भएको हो भन्दै प्रश्न गर्नुभएको छ । उहाँले सार्वभौम संसदलाई किन भंग गरेको भन्दै ओलीलाई प्रश्न गर्नुभएको छ ।

प्रम ओलीले सांसदलाई मारेको भएपनि संविधानले कसैलाई पनि नमारेको स्मरण गराउनु भयो । ओलीको अहंकार र दम्भले सबै समस्या भएको उल्लेख गर्नुभयो ।

दाहालले ओलीलाई विश्वासको मत माग्ने नैतिक अधिकार छ नभएको बताउँदै विश्वासको मत लिएर फेरी संसद भंग गर्न आउनु भएको हो ? भनेर प्रश्न गर्नुभएको छ । आफूले यसअघि नै समर्थन फिर्ता लिनासाथ पुन संसद भंग होला की भनेर समर्थन फिर्ता नलिएको पनि जानकारी गराउनु भयो ।

वि.सं.२०७८ वैशाख २७ सोमवार १५:३८ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...