back
NMB ad

नगरस्तरीय आइसोलेशन सेन्टर सञ्चालन गर्दै चन्द्रागिरी नगरपालिका

Kumari bank ad

काठमाडौं । चन्द्रागिरी नगरपालिकाकाले नगरस्तरीय आइसोलेशन सेन्टर सञ्चालन गर्ने भएको छ । नगरपालिकाले जेठ १ गतेबाट आइसोलेशन सञ्चालन गर्ने तयारी गरेको हो ।

नगरपालिकामा कोरोना संक्रमितको संख्य बढेसँगै आइसोलेशन सेन्टर सञ्चालन गर्न लागिएको हो । चन्द्रागिरी नगरपालिका वडा-८ मातातिर्थस्थित सामुदायिक अस्पतालको निर्माणाधीन भवनलाई आइसोलेशन सेन्टर बनाउन लागिएको हो ।

सुरुमा अक्सिजनसहितको ३० शैय्याबाट एक सय शैय्याको आइसोलेशन सेन्टर बनाउने नगरपालिका सामाजिक विकास समिति तथा क्वारेन्टाइन तथा आइसोलेशन व्यवस्थापन समितिका संयोजक एवं वडा-८ का अध्यक्ष सन्तोष खड्काले जानकारी दिनुभयाे ।

चन्द्रागिरी नगरपालिका वडा-८ वडा कार्यालयले प्रयोग गर्दै आएको सरकारी गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने पनि अध्यक्ष खड्काले बताउनु भयाे । आइसोलेशन सेन्टर बनउन ढिलाई भएको भन्दै आलोचना भइरहेको समयमा व्यवस्थित र दीर्घकालिन आइसोलेशन सेन्टर बनाउन लागि परेको र जेठ १ गतेबाट सञ्चालनमा आउने नगरपालिकाको दाबी छ ।

मातातिर्थ स्वास्थ्य चौकी परिसरमा नै आइसोलेशन सेन्टर सञ्चालन गर्ने भएपछि स्वास्थ्य चौकीलाई वडा कार्यालयमा सारिने भएको छ । मातातिर्थ बौथली चोकमा रहेको सामुदायिक अस्पतालको निर्माणाधीन भवनबाट आइसोलेशन सञ्चालनमा आएपछि नगरका अन्य वडामा पनि विस्तार गर्ने योजना रहेको अध्यक्ष खड्काले जानकारी दिनुभयाे ।

विशिष्ट चिकित्सक, स्वास्थ्यकर्मी लगायतको समूहले आइसोलेशनमा २४ घण्टा सेवा प्रदान गर्ने र विरामीको अवस्था हेरी आवश्यक परेमा बलम्बुस्थित सशस्त्र प्रहरी (एपीएफ) को अस्पतालमा थप उपचारका लागि समन्वय गरियको चन्द्रागिरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राममणी घिमिरेले बताउनु भयाे ।

साथै नगरपालिकाका सबै क्षेत्रका बासिन्दालाई हुने गरी हाल एन्टिजेन परीक्षण भइरहेको र एक हजारको निःशुल्क पीसीआर परीक्षण गर्न लागिएको घिमिरेले जानकारी दिनुभयाे ।

चन्द्रागिरी नगरपालिकामा हालसम्म दुई हजार ६ सय ६३ संक्रमित भइसकेको जसमध्ये २६ जनाको मृत्यु भएको छ । हाल चन्द्रागिरी नगरपालिकामा ३९० जना संक्रिय संक्रमित रहेको नगरापलिकाले जनाएको छ ।

सक्रिय संक्रमितमध्ये ३७१ जना होम आइसोलेशनमा र १९ जना अस्पतालमा उपचाररत रहेको नगरपालिकाका कोभिड फोकल पर्सन जगदिश्वरी अवस्थीले जानकारी दिनुभयाे ।

यस्तै, आइसोलेशनका लागि थप पूर्वाधार बनाउँदै जाने चन्द्रागिरी नगरपालिका वडा नं. ८ का अध्यक्ष सन्तोष खड्काले जानकारी दिनुभएकाे छ ।

वि.सं.२०७८ वैशाख २८ मंगलवार १२:३० मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...