back
NMB ad

कोरोना खोपमा एक पैसा पनि भ्रष्टाचार भएको छैन, बिना प्रमाण नबोल्न मन्त्री त्रिपाठीको चेतावनी

Kumari bank ad

उपत्यका कोरोनाको हडस्पट

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना खोपको नाममा एक पैसा पनि भ्रष्टाचार नभएको दाबी गर्नु भएको छ ।

मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले यस्तो दाबी गर्नु भएको हो । खोप किनेको रकम सरकारले राष्ट्र बैंकमार्फत कम्पनीलाई सिधै पठाएको उहाँको दाबी छ ।

सरकारले उत्पादिक कम्पनीलाई सिधै भुक्तानी गरेका कारण चर्चामा आएजस्तो कमिशनको खेल नभएको र कसैलाई पनि कमिशन नदिएको बताउनुभयो । उहाँले कमिशनको विषयमा बोल्दा सबैलाई सोचेर, तथ्यमा आधारित भएर मात्रै बोल्न सुुझाव दिनुभएको छ ।
मन्त्री त्रिपाठीका अनुसार सुरुमा भारतले पहिला १० लाख खोप सहयोग गरेको र पछि चीनले ८ लाख अनुदानमा दिएको जानकारी गराउनुभयो ।

पुन भारतसँग ४ डलरका दरले २० लाख डोज खोप किनेको र त्यसका १० लाख डोज आएको छ र १० लाख आउन बाँकी रहेको जानकारी गराउनुभयो । उक्त उद्योगमा आगलागी र भारतका महामारी बढेको कारण आउन नसकेको बताउनुभयो ।
पोख ल्याउनका लागि अमेरिकी राजदुतसँग गम्भिर वार्ता भएको, रसियासँग पनि वार्ता भएको र बेलायतका रातदुतसँग कुरा भएको तर खोप आउन ढिला भएको जानकारी गराउनुभयो ।

मन्त्री त्रिपाठीका अनुसार अहिले सरकारले माग अनुसार अक्सिजनको व्यवस्था गर्न नसकेको बताउनु भएको छ । उहाँले अहिले विभिन्न अस्पतालमा बिग्रेका अक्सिजन प्लान्ट बनाउने काम सकिएको र लिक्वीड अक्सिजन बढाउने तर्फ लागेको जानकारी गराउनुभयो ।
मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले नीजि क्षेत्रले दुई चार दिनमा नै अक्सिजन सिलिन्डर ल्याउने गरी काम अघिबढाएको पनि जानकारी गराउनुभयो ।

मन्त्रालयका अनुसार उपत्यका कोरोनाको हटस्पट बन्दै गएको छ । उपत्यका हटस्पट बन्दै गएपछि अस्पतालमा सिलिन्डर अभाव भएको र त्यसको लागि २० हजार सिलिन्डर चीनबाट सिलिन्डर ल्याउने तयारी भएको र आजै ६ सय नेपाल ल्याईएको छ ।

वि.सं.२०७८ वैशाख २८ मंगलवार १७:१६ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ ८ मंगलवार ०६:२७

काठमाडौँ, ८ जेठ: हाल देशमा स्थानीय र पश्चिमी वायुका साथै...

मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी   

मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी   

वि.सं.२०८१ जेठ ८ मंगलवार ०६:११

कर्णाली : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति...

आज ८ जेठ २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज ८ जेठ २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ जेठ ८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

वि.सं.२०८१ जेठ ७ सोमवार १८:००

काठमाडौं । महालक्ष्मी विकास बैंक आज २०८१ जेष्ठ ७ गतेदेखि...

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

वि.सं.२०८१ जेठ ७ सोमवार १७:४३

काठमाडौँ, ७ जेठ : चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले...

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

वि.सं.२०८१ जेठ ७ सोमवार १७:१६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का...