back
NMB ad

एमाले नेता पशुपति चौलागाईंको निधन

Kumari bank ad

काठमाडौं । नेकपा एमालेका नेता एवं बागमती प्रदेश सभाका सदस्य पशुपति चौलागाईंको कोभिडका कारण निधन भएको छ ।

पाँच दिन अघि कोभिड पोजेटिभ भई उपचाररत चौलागाईको अस्पतालमा निधन भएको एमाले नेता सुरेन्द्र पाण्डेले जानकारी दिएका छन् । पाण्डेले आफ्नो फेसबुक पेजमा नेता चौलागाईंको निधन भएको जानकारी दिएका थिए ।

दोलखा वैतेश्वर गाउँपालिका ४ स्थायी घर भएका चौलागार्इं नेकपा एमालेका पुराना नेता हुन् । नेकपा एमाले नवौं महाधिवेशबाट निर्वाचित केन्द्रीय सदस्य चौलागाईं २०७४ मा दोलखा प्रदेश सभा निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।

२०२० फागुन २५ गते जन्मिएका उनी २०३६ सालमा दोलखा अनेरास्ववियुको संस्थापक उपाध्यक्ष हुँदै राजनीतिक यात्रा शुरु गरेका चौलागाईं नवौं महाधिवेशनबाट केन्द्रीय कमिटीमा निर्वाचित भएपछि पोलिट्व्युरो सदस्य एवं सहकारी विभाग प्रमख थिए । चौलागाईं २०४२ मा सानोठिमी क्याम्पसको स्ववियु सभापति, २०५४ मा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको केन्द्रीय अध्यक्ष, २०५६ र २०७० मा दोलखाबाट सांसदमा निर्वाचित भएका थिए ।

चौलागाईंका श्रीमति, एक छोरा र दुई छोरी छन् ।

वि.सं.२०७८ वैशाख २८ मंगलवार २२:०९ मा प्रकाशित

You can share this post!

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:२४

धादिङ (थाक्रे) : धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:१९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...