back
NMB ad

नेपाल टेलिकमले कमायो ५ अर्ब ८८ करोड नाफा, कस्तो छ वित्तीय अवस्था ?

Kumari bank ad

काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५ अर्ब ८८ करोड ४४ लाख ७२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीले बिहीवार सार्वजनिक गरेको वित्तीय अवस्थाको तथ्याङ्कले यस्तो देखिाएको हो ।

कम्पनीको नाफा गत वर्षको सोही अवधिको तुलनामा भने २२.२१ प्रतिशतले कमी हो । गत वर्षको तेस्रो त्रैमासमा कम्पनीले ७ अर्ब ५६ करोड ५५ लाख १५ हजार रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको चुक्तापूँजी १५ अर्ब रुपैयाँ पुगेको छ । जगेडा कोष रकम ८२ अर्ब ९६ करोड ४९ लाख १४ हजार रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोष रकम पनि करीब ८ प्रतिशत बढेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोष रकम ७६ अर्ब ८४ करोड २१ लाख ८६ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको कुल चालु सम्पत्ति ६२ अर्ब ६ करोड २६ लाख रुपैयाँ र कुल चालू दायित्व रकम ३१ अर्ब ८६ करोड २४ लाख ७४ हजार रुपैयाँ छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ५२ रुपैयाँ ३१ पैसा र प्रतिसेयर नेटवर्थ ६५३ रुपैयाँ १० पैसा रहेको छ ।

वि.सं.२०७८ वैशाख ३० बिहीवार ११:५१ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...