back
NMB ad

३९% ले एशियन लाइफको नाफा : साढे ४ अर्ब बढी बीमाशुल्क आर्जन, अन्य सूचक कस्ता ?

Kumari bank ad

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १८ करोड २१ लाख ११ हजार रुपैयाँ नाफा कमाएको छ ।

कम्पनीले बिहीवार सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय अवस्थाको तथ्याङ्कले यस्तो देखिाएको हो ।कम्पनीको नाफा गत वर्षको सोही अवधिको तुलनामा ३९.३१ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले गत वर्षको तेस्रो त्रैमासमा १३ करोड ७ लाख २२ हजार रुपैयाँ नाफा कमाएको छ ।

कम्पनीले तेस्रो त्रैमासम्म ४ अर्ब ६३ करोड ७० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ४९ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले गत वर्ष सोही अवधिमा ३ अर्ब १० करोड २१ लाख बीमाशुल्क आर्जन गरेको थियो ।

तेस्रो त्रैमासम्म २ अर्ब ११ करोड ४२ लाख ७३ हजार रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी दावी रकम ४ करोड ४४ लाख ८८ हजार रुपैयाँ देखिएको छ ।

कम्पनीको चुक्तापूँजी २ अर्ब १ करोड ७ लाख रुपैयाँ पुगेको छ । कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा जगेडामा ७३ करोड ४ लाख २१ हजार रुपैयाँ र जीवन बीमा कोषमा २५ अर्ब ४२ करोड ८ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ०८ पैसा, मूल्य आम्दानी अनुपात १०९ दशमलव ३१ र प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ ८४ पैसा रहेको छ ।

वि.सं.२०७८ वैशाख ३० बिहीवार १४:०७ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...